मन्त्री योगेश भट्टराईमाथि ज्ञानेन्द्र शाहीद्धारा दु’ब्र्यवहार

मन्त्री योगेश भट्टराईमाथि ज्ञानेन्द्र शाहीद्धारा दु’ब्र्यवहार

समाचार
मन्त्री योगेश भट्टराईमाथि ज्ञानेन्द्र शाहीद्धारा दु’ब्र्यवहार ! काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई शनिवार कैलालिको टीकापुरमा डल्फीन महोत्सवको उद्घाटन गर्न पुगेका थिए । उनी नेपालगन्ज स्थित राँझा विमानस्थल प्रयोग गर्दै काठमाडौं फर्कदै थिए । मन्त्री फर्कदा निर्धारित समय भन्दा केही ढिलो भयो । मन्त्री सहितको टोली विमानस्थलमा आइपुग्न करिब एक घण्टा ढिलो भएपछि उनलाई लिएर फर्कन जहाज समेत एक घण्टा ढिलो भयो । सोही जहाजमा आफुलाई भ्रष्टाचार विरोधी भनेर दावी गर्ने ज्ञानेन्द्र शाही लगायत उनका कार्यकर्ता पनि फर्कदै थिए । मन्त्रीको उडानमा ढिलाई भएका कारण आफुहरुले विमानस्थलमा एक घण्टा पर्खनु परेपछि ज्ञानेन्द्र शाही लगायतका उनका कार्यकर्ता मन्त्री भट्टराई माथि जाइलागे । उनीहरुले बुद्ध एयरको विमान एक घण्टा ढिलाई भएको भन्दै मन्त्री विमानस्थल नआइपुग्दै आन्दोलन गर्दै बसेका
प्रचण्ड विवादमा तानिए, पार्टीमा छलफल हुने

प्रचण्ड विवादमा तानिए, पार्टीमा छलफल हुने

समाचार
काठमडौंं २८ भदौ । कुटनीतिक मामिलामा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपटक पटक विवादमा तानिएपछि एकरुपता दिन पार्टीले पहल गर्ने भएको छ । नेकपाले दलभित्र छलफल गरी कूटनीति, राष्ट्रिय सुरक्षा, छिमेक र शक्ति मुलुकसँगको नीति एवं प्राथमिकतामा समान धारणा बनाउने तयारी थालेको हो । जिम्मेवार नेतानै कूटनीतिक मामिलामा चिप्लिन थालेपछि नेकपा सचिवालय गम्भीर भएको हो । सामान्य शब्दले समेत कूटनीतिमा ठूलो उथलपुथल ल्याउन सक्नेतर्फ सचेत हुनुपर्छ । ‘अध्यक्षज्यूले कुन प्रशंगमा कसरी बोल्नु भयो त्यो विषयमा छलफल हुन पाएको छैन’, नेकपा प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘तर एक छिमेकीले अर्को मित्र मुलुकबारेको छलफललाई बाहिर ल्याएको विषयमा गम्भीर हुन आवश्यक छ ।’ चिनियाँ विदेशमन्त्रीसँगको कुराकानीका क्रममा दाहालले भनेको भन्दै बेइजिङमा सार्वजनिक भएपछि विवाद बढेको ह
मन्त्री विना मगर अस्पताल भर्ना

मन्त्री विना मगर अस्पताल भर्ना

समाचार
गोपाल शर्मा २८ भदौ, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् ।भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका छन् ।दाङ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा नफर्किने दाबी गरेका छन्। शनिबार नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो बताएका हुन्। राजा र राजतन्त्रको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने, ‘राजसंस्था र राजा फर्किदैन। मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्ख हुन्।’ देउवाले राजाको विषयमा कांग्रेस नभएको समेत प्रष्ट पारे। ‘राजा फर्काउने पक्षमा कांग्रेस कहिल्यै छैन’, देउवाले थपे, ‘यो तर्क गर्ने पनि मूर्ख हुन्।’ त्यस्तै देउवाले कम्युनिस्ट शासक अधिनायकवादी हुन्छन् भन्ने सुनेको तर अहिले आफूहरुले भोग
नेपाल देश नरहन पनि सक्छ !

नेपाल देश नरहन पनि सक्छ !

समाचार
काठमाडौं। प्राध्यापक चैतन्य मिश्र नेपालका अग्रणी समाजशास्त्री हुन्। नेपाली समाज, नेपालको आधुनिक राजनीति र मार्क्सवाद विषयक बौद्धिक विमर्शमा झन्डै चार दशकदेखि उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ। हालै उनको नेपाली भाषाको तेस्रो पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ प्रकाशन गरेका छन्। यसै विषयमा प्राध्यापक मिश्रसँग संगीत र दीपक सापकोटाले लिएको अन्तर्वार्ता आजको नयाँ पत्रिका(झन् नयाँ)मा छापिएको छ। त्यसको थोरै अंश : तपाईंले कितामा पनि संकेतमा ‘यो देश रहन्छ/रहन्न भन्न सकिन्न’ लेख्नुभएको छ। नेपाल रहन्न कि भन्ने शंका कुन पृष्ठभूमिका आधारमा गर्नुभएको हो? केही कुरा पनि स्थानयी हुँदेन। भारतमा पाँच सयभन्दा बढी राज्य थिए, कहाँ बिलाए तिनीहरू? पछिल्लो कस्मिरसम्म आइपुग्दा ती सबै भारतमै बिलाए, नामेट भए। त्यस्तै थोरै देशमध्ये नेपाल बच्यो। यो हामीले गर्व गर्ने कुरा हो। यसले केही जिम्मेवारी दिन
मुलुकमा फेरि राजा फर्किन्‍छ भन्‍नेहरु मूर्ख हुन् :

मुलुकमा फेरि राजा फर्किन्‍छ भन्‍नेहरु मूर्ख हुन् :

समाचार
गोपाल शर्मा दाङ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा नफर्किने दाबी गरेका छन्। शनिबार नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो बताएका हुन्। राजा र राजतन्त्रको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने, ‘राजसंस्था र राजा फर्किदैन। मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्ख हुन्।’ देउवाले राजाको विषयमा कांग्रेस नभएको समेत प्रष्ट पारे। ‘राजा फर्काउने पक्षमा कांग्रेस कहिल्यै छैन’, देउवाले थपे, ‘यो तर्क गर्ने पनि मूर्ख हुन्।’ त्यस्तै देउवाले कम्युनिस्ट शासक अधिनायकवादी हुन्छन् भन्ने सुनेको तर अहिले आफूहरुले भोग्नु परेको सुनाए। उनले कम्युनिस्ट नेतृत्वको दुई तिहाई सरकार अहिले अधिनायकवादतर्फ उन्मुख भएको भन्दै प्रजातन्त्रप्रति आस्था राख्ने सबै शक्ति एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। दाङको तुलसीपुरमा रहेको बीपी कोइराल
भर्खरै।धादिङ –  बाट आयो यस्तो खबर। । … पुरा हेरी। सक्दो सेयर गरौ:

भर्खरै।धादिङ – बाट आयो यस्तो खबर। । … पुरा हेरी। सक्दो सेयर गरौ:

समाचार
धादिङ – धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर – ६, मुक्तिनाथ मन्दिर नजिक शनिबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाण्डाै जाँदै गरेको बा ५ ख ८२७९ नम्बरको भाडाकाे बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको भाडाकाे बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सालिक रामको भिडियोको रहस्य

सालिक रामको भिडियोको रहस्य

पूर्व SSP को भनाई रबि लामिछाने कस्तो पत्रकार ? कतिको इमान्दार ? सालिक रामको भिडियोको रहस्य काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रक रणमा चितवन जिल्ला अदालतको आदेश विरुद्ध रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रवि लामिछाने र पत्रकार युवराज कँडेलको तर्फका कानुन व्यवसायीले दिएको निवेदनको आज सुनुवाई हुने भनिएको थियो । उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा हुने सुनुवाइ स्थगित भएको हो । बिहान ११ बजे न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशमा मु८द्दाको सुनुवाइ हुने तय भएको थियो ।तर, लामिछाने र कँडेलका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीले स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । र्को पेशी आउँदो बिहीबारका लागि तोकिएको उच्च अदालतका रष्जिट्रार विकास श्रेष्ठले जानकारी दिएका छन् । चितवन जिल्ला अदाल
पाँच वर्ष प्रधानमन्‍त्री प्रचण्ड

पाँच वर्ष प्रधानमन्‍त्री प्रचण्ड

समाचार
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पुरै पाँच वर्ष प्रधानमन्‍त्री बन्‍नका लागि आफूलाई अफर आएको खुलासा गरेका छन्। शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन्।'हाम्रा लागि यो पदको कुरा ठूलो होइन। चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हुँ', प्रचण्डले भने, 'चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको अफर आएको थियो। म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्‍न हतार छु भन्‍नु साह्रै गलत हुन्छ।'तर आफूलाई प्रधानमन्त्री बन्न अफर कसले गरेको भन्‍ने बारेमा भने उनले केही बताएनन्। पार्टी एकताको डिलमा सरकारको नेतृत्व आलोपालो गर्ने भद्र समझदारी भएको दाबी गर्दै आएका प्रचण्डले यही सरकार अब पाँच वर्ष टिक्‍ने संकेत दिएका छन्।आफू प्रधानमन्‍त्रीका लागि नहतारिएको बताउँदै उनले भने, मैले जसरी लचकता र उदारता अपनाएको
यसरी मनाइयाे चर्चित सञ्चारकर्मी रवि लामिछानेकाे जन्मदिन  तस्वीरमा हर्नुहाेस्)

यसरी मनाइयाे चर्चित सञ्चारकर्मी रवि लामिछानेकाे जन्मदिन तस्वीरमा हर्नुहाेस्)

समाचार
आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म भाद्र २८ मा भक्तपुरमा भएको थियो ।जन्म दिनको शुभकामना दिदै रबि लामिछाने पत्नी निकिता पौडेल लामिछाने फेस बुकमा लेख्छिन – Dear husband, words to describe you: Wonderful, Amazing, Unique, Funny, Incomparable, Handsome, Strong, Incredible. I could go on forever. You have shown me what it means to have the ”Perfect marriage”.“Happy birthday to the best, most understanding, caring & loving husband”Loads of love. त्यस्तै सिधा कुरा जनता संगका प्रोड्युसर दिपक बोहराले पनि रबि लामिछाने लाई जन्म दिनको शुभकामना दिएका छन् । जन्म दिनको शुभकामना दिदै दिपक लेख्छन -जन्मदिनको धेरै धेरै शुभकामना रबी दाई !अहिले रबि लामिछाने लाई शुभकामन दिने समर्थकका पोस्टले सामाजिक संजाल रंगिएको छ। सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा न
झापा पुगेका अध्यक्ष प्रचण्डले भने,

झापा पुगेका अध्यक्ष प्रचण्डले भने,

समाचार
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा प्रधानमन्त्री, नेतालाई सुन्नै नसक्ने गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् । पार्टी कार्यक्रमको सिलसिलामा झापा पुगेका अध्यक्ष प्रचण्डले नेकपा अभिव्यक्ति, प्रेस स्वतन्त्रताको पक्षधर भए पनि सामाजिक सञ्जालमा अभिव्यक्ति हुन थालेका विचारप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले लोकतन्त्रको उपयोग गर्दै निरङ्कुशताको पक्षपोषण गरिरहेको समेत बताए । प्रधानमन्त्रीको गृह जिल्ला पुगेर अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रो कामसमेत प्रचार गर्न नसकिएको बताए । उनले तीन महिनामा पार्टी एकता नसक्दा सरकारले गरेका काम तलतल लैजान नसकेको बताए । पार्टी एकता तीन महिनामै सकेको भए सरकारले गरेका राम्रा काम लैजान सकिन्थ्यो । झण्डै एक वर्ष त पार्टीविहीनको अवस्थामा रह्यो,” उनले भने । एकता प्रक्रिया अन्