समाचार

काठमाण्डौ सहित मध्य क्षेत्रमाहावाहुरी सहित भिषण बर्षा

काठमाण्डौ – काठमाण्डौसहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।नवलपरासी – कावासोतीमा शुक्रबार विहानैदेखि हावाहुरी सहित भिषण बर्षा भईरहेको छ ।मौशम पूर्वानुमान शाखाका अनुसार कावासोती आसपास बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेसतर्क रहन सबैमा आग्रह गरिएको छ । आज बेलुकासम्म पानी पर्ने सम्भावना छ ।
बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । यसकै प्रभावले अहिले भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना छ । यस्तै बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसको प्रभाव विस्तारै बढ्दै जानेछ ।यो चक्रवात नेपालमा नआउने भए पनि यसको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविदले सुझाव दिएका छन् । मौसमविद् विभूति पोख्रेलका अनुसार आज देशभरी कै मौसम पूर्व रुपमा खुल्ने संभावना कम छ ।पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ । फानीको प्रभाव पर्सी दिउँसोसम्म नै पर्ने देखिएको छ । सिरहा –

सिरहानगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिने गरेको मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाए ।सासु तारादेवी मण्डल एवं श्रीमान् रामरेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरी अनुसन्धानको लागि लगिएको छ ।शव पोष्टमार्टको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको पुलिस प्रशासनले जानकारी दिएको छ ।सिरहा– सिरहाको कल्याणपुर नगरपालिका ८ मा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । कञ्चन कल्याणपुर नगरपालिकाको अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो । थप उपचारको लागि काठमाडौं लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन् । उनको सासु र श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पनि स्थानीयवासीको भनाई छ ।

Related Articles

Back to top button