समाचार

सैनिक जवानको विभत्स हत्या ,गाउँ नै सुनसान

सैनिक जवान हत्या प्रकरणः भागाभागपछि गाउँ नै सुनसान, ६ जना पक्राउ सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।वैशाख २८ गते राती २५ वर्षीय सैनिक जनाव अनिश कुमार सिंहको चोरीको आरोपमा कुटपिट गरी हत्या भएको थियो ।कुटपिटमा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको र अन्य ४ जनालाई सोधपुछ गरी आवश्यक परेको बेला प्रहरीमा उपस्थित हुने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिए ।अनुसन्धानमा असर गर्ने भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । प्रवक्ता खरेलले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्दै दोषीलाई चाँडोभन्दा चाँडो अनुसन्धानको दायरामा ल्याइने बताए ।गत वैशाख २८ गते राती सोही वडाको छिमेकी गाउँ तेनुवापटीमा वीरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा केही स्थानीय युवाले सिंहलाई विजुलीको खम्वामा हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरेका थिए ।कुटाइबाट सख्त घाइते सिंहको उपचारको क्रममा छाउनीस्थित
सैनिक अस्पतालमा मृत्यु भएको थियो ।सिंहको गत शुक्रबार सलामीसहित अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि समारोहमा तीनै अंगका सुरक्षाकर्मी तथा प्रमुख

जिल्ला अधिकारीको उपस्थिति रहेको थियो ।सिरहाको वडियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँ अहिले अहिले सुनसान छ । सैनिक जवान सिंहलाई नियन्त्रणमा लिइ कुटपिट गर्दा मृत्यु भएपछि गाउँका युवा तथा पुरुषहरु गाउँ छोडेर भागेका हुन् ।युवा तथा पुरुषहरु फरार भएपछि गाउँमा महिला, बालबालिका र वृद्धहरुमात्र रहेका छन् ।नयाँ कोही गाउँ पुग्नासाथ उनीहरुको आँखामा एक खालको त्रास देखिने गरेको छ ।चोरीको आरोप लगाउने वीरेक्षणको घरमा यतिबेला ताला लागेको छ ।परिवारको ६ बुँदे मागघटना भएको दिन प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप छ । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेराऊ गरेका थिए । घेराऊ पछि प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि घेराऊ र सडक अवरोध खुला गरिएको थियो ।परिवारले प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे माग पनि प्रस्तुत गरेका छन् । जसमा परिवारको सदस्यलाई सेनामा रोजगारीको ग्यारेन्टी तथा दोषी पत्ता लगाई कडा कारवाहीको माग गरिएको छ ।-रामभरोषी यादव/रातोपाटीबाट

Related Articles

Back to top button