समाचार

काठमाण्डाै आउँदै गरेको बस चितवनमा दुर्घटना

Loading...

बाराबाट काठमाडाैँका लागि आउँदै गरेको बस चितवनको रत्ननगरमा पल्टिँदा २२ यात्रु घाईते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा शुक्रबार राति पौने ११ बजे ना ७ ख ४७५५ नम्बरको बस अनियन्त्रित भएर राजमार्गमा पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यलय चितवनले जानरकारी दिएको छ ।

उपचाररत ४ घाइतेहरुमा बारा कलैया–२ का वर्ष ३५ को गौरीशंकर यादव र वर्ष २४ को रामबाबु यादव छन् । बारा गढीमाई नगरपालिका–१ का ४४ वर्षीय मनोज साह र भारत मोतिहारी बस्ने वर्ष १८ का खुसीलाल यादवको पनि उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय रत्ननगरका प्रहरी नायव उपरीक्षक डिएसपी भावेस रिमालका अनुसार उक्त बसमा ४२ यात्रु सवार थिए । सवार २२ जना घाइते भए पनि अन्य २० जना यात्रु गन्तव्यतर्फ लागेका छन् । घाइते २२ मध्ये १८ जनाको टाँडीमा रहेको बकुल्लहर सरकारी अस्पतालमा उपचार भएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेका कारण सबै डिष्चार्ज भइसकेका छन् ।

बसका चालक फरार रहेका प्रहरीले बताएको छ । डिएसपी रिमालका अनुसार रातको समययमा बजार क्षेत्र प्रबेश गर्दा बसको गति तिब्र भएका कारण डिभाईडरमा ठोकिएर बस पल्टेको हो । – फाइल तस्बिर

चीन सरकारले बनाइदिएको भव्य दरबार हाइस्कुल, तर कक्षा काेठा रित्तै

काठमाडौं । विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलापका लागि पर्याप्त स्थान, उज्याला र चम्किला कक्षाकोठा साथमा आधुनिक बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ राणा शासनको सुरुमै १६६ वर्षअघि खुलेको दरबार हाइस्कुलको अहिलेको भौतिक अवस्था हो यो। नेपालमा आधुनिक शिक्षाको सूत्रपात गर्ने यो स्कुलमा त्यतिबेला राजपरिवार र राणाका सन्तान मात्र प्रवेश पाउँथे। बिस्तारै जनताका छोराछोरीले पनि पढ्न पाए।

२०२४ सालमा भानु माविमा परिवर्तन भएको यो स्कुलको राणाकालीन भवन २०७२ सालको भूकम्पले भत्कायो। अहिले विद्यालयको भवन भव्य बनेको छ। दरबार हाइस्कुलको सुविधायुक्त वातावरणमा पढ्न र पढाउन पाउने भएपछि विद्यार्थी र शिक्षक खुसी छन्। तर, विद्यार्थी कसरी जम्मा गर्ने भन्ने समस्या छ।

भवनमा भानु र संस्कृत माविका विद्यार्थी पढ्छन्। दुवै विद्यालयमा मुस्किलले तीन सय ५० विद्यार्थी छन्। थोरै मात्र नियमित स्कुल आउँछन्। पढाइमा देखिएको बेवास्ता र फितलो व्यवस्थापनका कारण विद्यार्थी घट्ने क्रम बढ्दो छ। भवनमा साना ठूला ४६ वटा कोठा छन्। हरेक कोठामा ४५ जनासम्म विद्यार्थी अट्ने क्षमता छ।

‘अहिलेकै अवस्थामा दुवै विद्यालयका विद्यार्थी राख्ने हो भने पनि भवनभित्रै हराउने अवस्था छ’, एक साताअघि मात्र संस्कृत माविबाट सेवा निवृत्त पूर्वप्रधानाध्यापक बद्री दाहालले भने, ‘नयाँ योजना नबनाउने हो भने विद्यार्थी अभाव देखिन्छ। तर सबै सक्रिय भएर लाग्ने हो भने विद्यार्थी खोज्न कठिन छैन।’

पुरानो रूपको तर भित्री भागमा पूरै नयाँ युगको निर्माण सामग्री प्रयोग गरिएको छ। भवन ८० करोड रुपैयाँ लागतमा चीन सरकारले बनाइदिएको हो। विद्यार्थी अभाव हुने भएपछि नयाँ भवनको व्यवस्थापन कसरी गर्ने भन्नेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पनि अलमल्लमा छ। ‘रानीपोखरी वरपरका अन्य सामुदायिक विद्यालयलाई यही स्कुलमा गाभेर पढाउँदा राम्रो हुन्छ’, शिक्षाकै एक अधिकारीले भने, ‘यसको विरासत कायमै राख्न उपत्यकामा विज्ञान विषयको मात्र पढाइ हुने विद्यालयका रूपमा विकास गर्न पनि सकिन्छ।

Share this:

Loading...

Related Articles

Back to top button
Close
Close