समाचार

पाँचथरमा ९ जनाको विभत्स हत्या : प्रत्यक्षदर्शी सीताको बयान यस्तो छझापा बाट अनुसन्धान टोली घटनास्थल

दुई परिवारका ९ जनाको विभत्स हत्या : प्रत्यक्षदर्शी सीताको बयान यस्तो छ काठमाडौँ – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा प्रहरी जुटेको छ।घटनाको अनुसन्धान शुरु गरिसकेको भएता पनि प्रहरीले हत्या बारे कुनै सुराक भेट्न सकेको छैन। पारिवारिक रिसिइबीका कारण हत्या हुन सक्ने प्रहरी अनुमान छ।अज्ञात समूहले दुई परिवारका ९ जनाको हत्या गर्दा बाँच्न सफल भएकी १२ वर्षीया किशोरी सीता खुजुमको उपचार भैरहेको छ। आक्रमण हुँदा सीता भागेर बाँच्न सफल भएकी हुन्।प्रहरी समक्ष सीताले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको भन्दै बयान दिएकी छन्। अनुहार छापिने गरी मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको उनको बयान छ।मुखुण्डो लगाएर आएको समूहले आक्रमण गर्दा सीताको हात भाँचिएको छ। सीता भागेर स्थानीयहरुकोमा पुगेपछि घटना बारे स्थानीयहरु मध्येराती थाहा पाएका हुन्।अवस्था गम्भीर रहेको हुँदा सीतालाई प्रहरीको भ्यानमा राखेर उपचारको लागि फिदिम पुर्याइएको प्रहरीले जनाएको छ। हत्या भएका मध्ये धनराज शेर्मा बमबहादुर फियाकका ज्वाइँ हुन्।हत्या भएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६०५:०६फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको
वडा नम्बर ३ आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको छ । एकजना बालिका भने भागेर बाच्न सफल भएकी छन् । हत्या के कारणले कस्ले गर्यो

भन्ने खुल्न सकेको छैन् ।प्रहरीको अनुसार आरुबोट भन्ने ठाउँका दुई परिवारका नौं जनाको हत्या भएको हो । जसमा एक परिवारका ५ र अर्का परिवारका परिरवारका ४ जनाको हात्या भएको हो । प्रहरी अहिलेसम्म घटनास्थल पुग्न नसेको कारण घटनाको कारणबारे केही भन्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनील पौडेलले जनाएका छन् । यद्यपी प्रहरी घटनास्थल प्रस्थान गरिसकेको बताएका छन् ।स्थानीयका अनुसार हत्या भएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।भागरेर बाँच्नेमा १२ वर्षीया सीता खजुम रहेकी छन् । उनको पनि अवस्था गम्भीर रहेको बताइएको छ । उनलाइ उपचारको लागि अस्पताल लगिएकाे छ । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते भएकी सीताको भनाइ अनुसार हत्याराहरुले मुखुण्डो लगाएर आएका थिए । एक्कासी आएर त्यो समुहले आफ्नो परिवारका सदस्यमाथि धारिले हतियार प्रहार गर्न थालेपछि आफु भागेको बताईन् ।घटनास्थल सदरमुकाम फिदीमबाट टाढा रहेकाले प्रहरीलाइ घटनास्थाल पुग्न समस्या भएको प्रहरी निरिक्षक पौडेलले बताएका छन् । उता अनुसन्धानका लागि झापाबाट अनुसन्धान टोली आउँदै गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । उनका अनुसार झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ आउदै छ ।एकसाता अघि मात्रै पाँचथरकै हिलिहाङ गाउपालिकाकी १५ बर्षीया किशोरीको हत्या भएको थियो । ति किशोरी हत्यारा पत्ता लगनउन नसकेकै अवस्थामा अर्को घटना भएको हो ।

Related Articles

Back to top button