समाचार

पाँचथर सामूहिक ९ जनाको हत्या काण्ड : घटनास्थल नजिकै झुण्डिएको अवस्थामा पुरुषको शव भेटियो

काठमाडौँ — सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सामूहिक हत्या भएको घर नजिकै झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले हत्या गरिएकाे स्थान नजिकै एकजना पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेका बताए।पाँचथरमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो। उक्त घटनामा एक बालिका भागेर बाँच्न सफल भएकी छन्सोमबार राति आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन्।भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिएस्थानीयले घटनाबारे मंगलबार बिहान मात्रै थाहा पाएका थिए।पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास गर्ने सुनयोजित योजना ताप्लेजुङ – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको घटना दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। त्यहिँ आधारमा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको पाँचथरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ।दुइघरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित

९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्। हत्याको योजना बुन्नेले १० जनालाई मार्ने र दुबै परिवारको बंश नास गर्ने योजना बनाएको हुनसक्ने अनुमानमा प्रहरीले घटनाको अध्यन अगाडि बढाएको पाँचथर प्रहरीस्रोतले जानकारी दिएको छ।घटनास्थलमा प्रहरी पुगेपनि टेलिफोन राम्रोसँग सम्पर्क हुन नसकेकोले घटनाका बारेमा अझै बिस्तृत बिवरण आउन बाँकी छ। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको घटनास्थलमा पुगेको प्रहरी र स्थानीयलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। कान्छो ज्वाँई र ससुराको अदालतमा मुद्दा समेत रहेको बुझिएको छ।काठमाडौँ – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान गर्नको लागि केन्द्रीय अनुसन्धान ब्यूराे
सीआईबी पाँचथर प्रस्थान गरेको छ।घटनाको अनुसन्धान गर्नको लागि सीआईबीले एसपी उमा चतुर्वेदीको नेतृत्वमा टोलि खटाएको हो। एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृत सहितको टोलि त्यसतर्फ प्रस्थान गरिसकेको बताइएको छ।यस्तै संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा

तालिमप्राप्त कुकुरसहितको टोली समेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।अनुसन्धानको लागि प्रहरीले सम्पूर्ण नाकाहरु समेत शिल गरिसकेको छ। प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलमा जाने तयारीमा रहेको बताइएको छ।सोमबार राति अज्ञात समूहले धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।आक्रमणमा परी गम्भीर घाइते भएकी १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। प्रहरी समक्ष सीताले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको भन्दै बयान दिएकी छन्। अनुहार छापिने गरी मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको उनको बयान छ।अवस्था गम्भीर रहेको हुँदा सीतालाई प्रहरीको भ्यानमा राखेर उपचारको लागि फिदिम पुर्याइएको प्रहरीले जनाएको छ। हत्या भएका मध्ये धनराज शेर्मा बमबहादुर फियाकका ज्वाइँ हुन्।हत्या भएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।
प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६०५:३७

Related Articles

Back to top button