समाचार

पाँचथर ९ जनाको हत्या काण्ड एकै जना भएको प्रारम्भिक निष्कर्ष : यी व्यक्तिले गरेको हुन सक्छ हत्या

एकै जना भएको प्रारम्भिक निष्कर्ष : यी व्यक्तिले गरेको हुन सक्छ हत्या ! काठमाडौँ – सोमबार राति ९ जनाको विभत्स हत्या भएकै स्थान नजिकै एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्।झुन्डिएको अवस्थामा फेला पर्नेमा मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का मान बहादुर माखिम रहेका छन्। माखिम बमबहादुर फियाकका साइला ज्वाईं रहेका छन्।केहि समय देखि माखिम र बमबहादुर बीच केहि समय देखि सम्बन्ध बिग्रिएको स्थानीयहरुले बताएका छन्। सम्बन्ध बिग्रिएको कारण ९ जनाको हत्या उनैले गरेको हुन सक्ने अनुमान गरिएका बेला मान बहादुर झुन्डिएको अवस्थामा फेला परेका हुन्।आक्रमणबाट बाँच्न सफल भएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्यको हत्या गरेको बयान दिएकी छिन् ।प्रहरीलाई बयान दिने क्रममा सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो सबैको हत्या गरेको बताएकी छन्। सीताले दिएको बयान अनुसार सम्पूर्णको हत्याएकैजनाले गरेको प्रहरी प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६०७:१५जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सोच भए शौचालय बन्ने तर्क गर्नुभएको छ । जनकपुरधाममा आज आयोजित खुला दिशामुक्त अभियान सम्बन्धी कार्यशालामा

बोल्दै धनुषा र महोत्तरी जिल्लालाई खुला दिशामुक्त अभियानमा सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनुभयोशौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताको लागि प्रदेश सरकार सार्वजनिक शौचालय निर्माण गर्न तयार रहेको समेत उहाँले बताउँनु भयो ।तपाईहरुले निर्माण गर्नुपर्ने स्थानबारे जानकारी गराउनुस्, हामी सार्वजनिक शौचालय बनाउँन तयार छौँ । धनुषा र महोत्तरी जिल्लाका स्थानीय तह प्रमुख, उपप्रमुख, प्रमुखप्रशासकीय अधिकृतहरुको कार्यशालामा उहाँले प्रदेशलाई खुला दिशामुक्त घोषणा गराउन अघि बढ्नको लागि आग्रह गर्नुभयो ।सम्पूर्ण प्रदेशबासीको महत्वपूर्ण अभिभारा खुला दिशामुक्त एवम् स्वच्छ बनाऔ, गाउँ शहर सारा भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश २ ले आयोजना गरेको कार्यशालामा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियान अन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको बताउनुभयोधनुषा र महोत्तरीका पालिका प्रमुखहरुले आउँदो असार १५ सम्म आफनो पालिकालाई खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । धनुषाको ९५ र महोत्तरीको ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण कार्य भइसकेको तथ्यांकहरुले देखाएको छ

Related Articles

Back to top button