समाचार

९ जनाको हत्या बाँच्ने रहर हुँदा हुँदै जसले अकालमै ज्यान गुमाए

पाँचथर। पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।मानबहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन । यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतै तिर केन्द्रित गरेको छ । दुई परिवारको ९ जनाको हत्या गरिएकोमा एक बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । सीताले प्रहरीलाई दिएको बयानमा एक जना मात्र नकाबधारी आएको र ढोका खोल्नासाथ आक्रमण गरेको बताएकी थिइन् ।उनले प्रहरीलाई आक्रमणकारीको हुलिया समेत बताएकी थिइन् । उनले बताएको हुलिया झुण्डिएको अवस्थामा शव भेटिएका मानबहादुरसँग मिल्छ । मानबहदुरकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् तर मानबहादुर यसका लागि तयार थिएनन्। आ फ्नी श्रीमतीलाई ससुराली परिवारले नै सम्बन्धविच्छेदका लागि उक्साएको उनलाई लाग्थ्यो त्यसैले उनी ससुराली परिवारसँग रुष्ट थिए । यही विवादका कारण उनैले हत्या गरेर पछि आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । ५ जनाको हत्या भएको परिवारमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो ।त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । सीता खजुम भागेर बाँच्न सफल भएकी थिइन् । शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन्।मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ छिन् छिन् मै आवाज परिवर्तन गरेर कलाकार जस्तै बनेकि रोल्पाकि जुनताराकाे यस्तो छ मन

छुने कथा – भिडियोमै हेर्नुस्काठमाडौं राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए । किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ सँगै जाग्छन् । यहाँका मिनी रोल्पा र दाङहरु हरेकका अनेक कथा छन् अनगिन्ति व्यथा छन् । सपनाहरु त गाउँतिरै छोडेर आइसके ।केवल हातमुख जोर्ने बाध्यता छ कमजोर शरिर अनि कमसल खान्की तर भारी बोक्ने प्रतिस्पर्धा छ । एक एक इँट्टा बोकेको हिसाब सप्ताहन्तमा पाइन्छ । हजार बोक्दा ३ सय कमाइन्छ । जुनताराले झ्याउलीको दैलो उघारिन् फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो ।उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै ११ बजेदेखि २ बजेसम्म खाना पकाएर खाने छुट्टी हुन्छ जुनताराकी फुपु र भाउजु पनि झ्याउली आइपुग्छन् यति नै बेला झ्याउलीमा सबैजना भेटिन्छन् सबैको अआफ्नै धुन हुन्छ कोही पकाउन थाल्छन् कोही हिजोको भाँडा माझ्न कोही भोक बिर्सेर थकाई मार्छन् मनहरु पनि पाकेको इँटाजस्तै भइसके अब दुख्न बाँकि ठाउँ नै छैन । १९ वर्षकी विपना परियारले पिठ्युमा बोकेकी छोरीलाई सन्चो थिएन । केही महिनाअघि विपनाको ६ महिनाको छोरो बितेको थियो दुई जिउकी गीता नेपाली विहानैदेखि इँटा बोकिरहेकी थिइन् ।

उनी झ्याउलीमा आएर सिन्कीको झोल उमाल्ने तरखरमा छिन् विहानदेखि मध्यान्नसम्म भारि बोकेकी गर्भवतीको खान्की देख्दा सिन्की जस्तै मन अमिलो भयो । कामदारका वालवच्चा हेर्नको लागि भट्टा साहुले एउटा टहरामा हेरालु राखिदिएका छन् । यही टहरालाई यहाँ स्कूल भन्छन् । धेरै केटाकेटीहरु स्कुलमा भन्दा धुलो माटो मै रमाउँछन् । कपाल फुलिसके दाँत झरिसके ।रोल्पाको आँगनमा यी आमा पनि अटाउन सकिनन् । बुढा बिते छोराहरु परदेशिए कान्छी छोरी साथै लिएर यो उमेरमा काठमाडौ छिरिन् । भोको पेटमा पढ्न सकिएन । पाँच कक्षा र सात कक्षा पढ्दै एसएलसीसम्मगर्दा धेरै केटीहरुलाई बाध्यताले यता डोर्यायो ।दाङकी एलिना जिसीले कसो कसो पढिन् त्यसैले उनले भारि बोक्ने काम गर्न पर्दैन । गाउँमा घाँसदाउरा गर्दा रेडियो उनीहरुको साथी थियो । यहाँ आएर उनीहरुले प्रिय रेडियोलाई बिर्सन सकेका छैनन् । साँझ निद्रा पर्दैन अनि उनीहरुको झ्याउली भित्रको आफ्नै रेडियो चालु हुन्छ । कलाकार बन्ने रहरलाई गाउँतिरै छाडेर आएकी जुनतारा छिनछिनमै थरिथरिको पात्रको रुपमा प्रस्तुत भइदिन्छिन्भट्टाका थुप्रै जुनताराहरुको सपना अब काँचो माटो जस्तो थिएन अभाव र बाध्यताका रापले रहरहरु ओइलाइसके जेठ लागिसक्यो । अहिले त जुनताराहरु गाउँ फर्किसके होलान् । आगुँ दाङ र रोल्पाका आँगनमा खेलिरहेका अरु थुप्रै जुनताराहरु सपनाहरुलाई गाउँमै छाडेर नाइट बस चढेर आउलान् शायद । हेर्नुहोस् झ्याउलीका जुनतारा यसरी कथा बनेर भिडियोमा समाहित बनेकाे छ ।

Related Articles

Back to top button