समाचार

पाँचथर हत्याकाण्डः हत्यामा प्रयोग गरिएको हतियार लुगा र झोला भेटियो ! भेटियो

काठमाडौँ – पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का मान बहादुर माखिमले आत्महत्या गरेको ठाउँ नजिकै रगतमा लतपतिएको खुकुरी,लुगा र झोला भेटिएको छ।सोमबार राति ९ जनाको विभत्स हत्या भएकै वडामा झुन्डिएको अवस्थामा मान बहादुर मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनले आत्महत्या गरेको स्थानभन्दा २०० मिटर २ सय मिटर जति वर रहेको भिरजस्तो ठाउँमा रगत लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएको प्रहरीले जनाएको छ।माखिम बमबहादुर फियाकका कान्छा ज्वाईं रहेका हुन्। आत्महत्या गरेको स्थान नजिकै हत्यामा प्रयोग भएका हतियार भेटिनुले हत्यामा मान बहादुरकै संलग्नतालाई बढावा दिने अनुमान गरिएको छ।ससुरा र साढुभाइको परिवारको हत्या गरेपछि मान बहादुरले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। केहि समय देखि माखिम र बमबहादुर बीच केहि समय देखि सम्बन्ध बिग्रिएको स्थानीयहरुले बताएका छन्।प्रकाशित : मङ्गलबार, जेठ ०७,

२०७६१०:५६पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी सोमबार राति विभत्स हत्या गरिएको छ । हत्यामा प्रयोग गरिएको हतियार फेला परेको प्रहरीले जनाएको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको हो ।माखिमको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । खुकुरी रगतले लतपटिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागिएको प्रहरीले जनाएको छ ।सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको छ

Related Articles

Back to top button