समाचार

प्रहरीद्वारा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता माथि गोली प्रहार,

प्रहरीद्वारा भोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गोली प्रहार, एक जना घाइते, पेस्तोलसहित विस्फोटक पदार्थ बरामद
काठमाडौँ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए।धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाइरहेको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो। गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेका थिए। अन्य कार्यकर्ता भने भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।प्रकाशित : जेष्ठ ७, २०७६ १७:१२पाँचथर – मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या भएको छ । त्यो हत्या झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमले नै

गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताउनुभयो । भुण्डिएर आत्महत्या गरेका माखिम विभत्स हत्या गरिएका बमबहादुर फियाक परिवारको कान्छो ज्वाइँ हुन् ।सोमबार रातिको हत्याकाण्डमा झुण्डिएर आत्महत्या गरेका माखिमकी श्रीमती मनकुमारीको पनि हत्या भएको छ । माखिमको ससुरालीसँग राम्रो सम्बन्ध नरहेको र श्रीमतीले पनि सम्बन्ध विच्छेद गर्न चाहेको स्थानीयले बताएका छन् । घटनाबाट बच्न सफल सिता खजुमले बताएको हुलिया पनि माखिमसँग मिल्ने डीएसपी कुँवरले बताउनुभयो ।त्यही रिसिइबीका कारणले माखिमले ससुराली परिवार र साढु दाइको परिवारको हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटनाको विस्तृत अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश–१ प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेपछि मात्र सुरु हुने घटन स्थलमा रहनुभएका इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवले वताउनुभयो । मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा मंगलबार दिउँसो सामूहिक हत्या भएको स्थलबाट झण्डै डेढ घण्टा नजिकको ठाउँमा फेला परेको थियो ।

Related Articles

Back to top button