अन्तर्राष्ट्रिय

साउदी अरेबियाको सैनिक बिमानस्थल मा आक्रमण

एजेन्सी । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् ।साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित सो विमानस्थलमा हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के २ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ ।यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण भएको बताए । साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो ।हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । ।नकुटा — यहाँको महालक्ष्मी नगरपालिकास्थित लेगुवा खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का १२ वर्षका गौरव लुङ्गेली मगर र वडा नं.३ का १४ वर्षीय अमिर मगर रहेको प्रहरीले जनाएको छ । नगरपालिकाको २ र ३ वडाको सिमनामा पर्ने उक्त खोलामा सोमबार अपरान्ह नुहाउने क्रममा उनीहरु डुबेका थिए । पौडी खेल्नेक्रममा सुरुमा गौरव डुबेपछि साथमा रहेका अन्यले निकाल्ने प्रयास गर्दा अमिर पनि डुबेका थिए । करिब १० जना बालक पौडी खेल्न त्यहाँ गएको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा उद्धार गरिएका गौरवको सुरुमा हिलेस्थित विजय हस्पीटलमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल

पुर्याएपछि उनको मृत्यु भएको हखोलामा डुबेर बेपत्ता भएका अमिर मृत अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । घटनास्थलमा मारेककटहरे प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्धार गरेका थिए । दुवैको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ ।प्रहरीद्वारा भोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गोली प्रहार, एक जना घाइते, पेस्तोलसहित विस्फोटक पदार्थ बरामदकाठमाडौँ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए।धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाइरहेको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो। गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेका थिए। अन्य कार्यकर्ता भने भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।प्रकाशित : जेष्ठ ७, २०७६ १७:१२

Related Articles

Back to top button