समाचार

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, १ गम्भीर घाइते !
जेठ ०७, २०७काठमाडौँ – विप्लव नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच भोजपुरमा भिडन्त भएको छ। भोजपुरमा भएको सो भिडन्तमा परी एक जना घाइते भएका छन्।भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्ग क्षेत्रको धोत्रे भन्ने ठाउँमा नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छघाइते हुनेमा षडानन्द नगरपालिका २ कुदाक, काउलेका विप्लव कार्यकर्ता तीर्थराज घिमिरे रहेका छन्। खुट्टामा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि धरान पठाइएको छ भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी कारवाहीमा घिमिरे घाइते भएको बताइएको छ।एक थान पेस्तोल, पाँच राउण्ड गोली, एक थान बाइनाकुलर र चार थान डेटोनटर समेत

प्रहरीले घटनास्थलबाट बरामद गरेको छ।प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६१४:१७पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । एक प्रहरी अधिकारीले भने, ‘‘मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती माइतीमा बस्दै आएकी थिइन् । सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोँकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।’

Related Articles

Back to top button