समाचार

पाँचथर ९ जनाको हत्या भाग्यले बाँचेकी १२ बर्षीय सीता,क्तपातको कहानी

पाँचथर। अहिले नेपाली समाज फरक प्रकारको त्रासमा बाँचिरहेको छ । हिजो राति मात्रै २ परिवारका ९ जनाको हत्या भएको घटनाले अहिले त्रास बढेको हो । हिजो पाँचथरमा भएको नरसंहारमा ९ जनाले ज्यान गुमाएका छन् । उक्त घटनामा एक जना बालिका भागेर बाँच्न सफल भएकी थिईन । पाँचथरको हत्या घटनामा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमलाई झापा ल्याइएको छ ।उनको उपचारका लागि झापाको दमकस्थित लाईफलाईन ल्याइएको प्रहरीले जनाएका छ । उनलाई भर्खरै दमकस्थित लाईफलाईन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिएको र हाल उपचार भईरहेको

ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । घाइते सीताले स्थानीयवासीलाई बताए अनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । सुरक्षा निकायले उनको कडा सुरक्षाकाबीच भेटघाट उपचारको प्रवन्ध मिलाएका छन् ।स्वास्थ्यकर्मीका अनुसार शारीरिक रुपमा उनी खतरामुक्त रहेकी छन् । पारिवारीक असहमतिका कारण हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रमा एक जना झुण्डेर आत्महत्या गरेको प्रहरीले बताएको छ । यसरी हेर्दा यस घटनामा मर्नेहरुको संख्या १० भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । आत्महत्या गरेका व्यक्तिले हत्या गरेको भए पनि एकै रातमा २ परिवारमा ९ जनाको कसरी हत्या गरे भन्ने अहिले चर्चाको विषय भएको छ ।

Related Articles

Back to top button