समाचार

भागेर बाँचेकी सीता भन्छिन्-सोमबार राति

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भयाे । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ ।नौं जनाको हत्या भएकाे उक्त घटनाबाट जोगिएकी एक प्रत्यक्षदर्शी १२ वर्षीया बालिका सिता खुजुम रहेकी छन् । उनले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।सिताकाे अनुसार राति गहिरो निद्रामा परेका बमबहादुरका परिवारका अन्य सदस्यमाथि मास्क लगाएका व्यक्तिले खुकुरी बर्साए । घरमा सुतिरहेका अन्य सदस्यको अनुहार र घाँटीमा खुकुरी बर्साएको देखेपछि आत्तिएकी उनी अध्याँरैमा भागेकी थिइन् । तर घरबाट ज्यान बचाउन भागेकी उनलाई पनि मास्क लगाएका हत्याराले लखेटेका थिए। अज्ञात समूहको आक्रमणबाट उनको हात भाँचिएको छ ।प्रत्यक्षदर्शी १२ वर्षीया बालिका सिता खुजुमसिताले स्थानीयबासीलाई बताए अनुसार मास्क लगाएका व्यक्तिले खुकुरीले काट्दै गरेको देखेपछि आत्तिएँ उठिन् । सिता उठेकाे देखेपछि उनलाई पनि ती व्यक्तिले काट्न झम्टिए । त्यसपछि सिता मकै बारीतिर दाैडिन् । सीताको भनाइ उधृत गर्दै ढकालले स्थानीयबासी जयकुमार ढकाल भने, ‘घरबाट निस्केर भागेपछिमकै बारीतिर कुँदे, तैपनि मलाई मास्क लगाएका ती मान्छेले लखेटिरहे। तर ओरालोमा छिटो छिटो दौडिन सकेकाले मलाई नभेटेपछि ज्यान बचाउन सफल भएँ।’बमबहादुरका परिवारमाथि खुकुरी बर्साउने

एकजनालाई मात्रै आफूले देखेको सिताले बताएकी छन् । ‘मैले खुकुरी बोकेका एकजनालाई मात्रै देखेँ, उनले मास्कले अनुहार छोपेका थिए’, सीताले स्थानीयसँग भनेकी थिइन्, ‘मलाई पनि तिनैले लखेटेका थिए, तर गाउँकै एक घरमा लुकेर ज्यान बचाएँ।’ घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे।’भागेर बाँचेकी सिताको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको होज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाईं धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।यस्तै फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दूरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।दुई नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको बताएका छन् ।-न्यूज२४

Related Articles

Back to top button