समाचार

हत्यारा लाइ प्रहरीले गोली हान्यो

बाँकेको कोहलपुरमा एक युवाको शव विभल्स रुपमा हत्या गरिएको अवस्थामा भेटियो। नेपाल प्रहरीमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको घाँटी काटिएको अवस्थामा शव फेला परको थियो।शव भेटेपछि प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धान अघि बढायो ।घटना भएको ६ दिनपछि प्रहरीले घटनामा सम्लग्न २ जनालाई पक्राउ गरेको छ। युवराज गिरी र अर्का एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। २ जनामध्ये गिरीलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीमा भर्ना हुन आएका ठकुरीलाई यी दुइ जनाले जागिर लगाइदिने भन्दै डेढ लाख लिएका थिए।भर्ना गर्न सक्ने अवस्था नभएको र पैसा पचाउन ठकुरीलाई उनीहरुले हत्या गरेको डिआइजी पिताम्बर अधिकारीले जानकारी दिए।उनीहरुले साँझ ठकुरीलाई बोलाएर योजना बनाएर नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। २ जना पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।छ ।बूढीगङ्गा नगरपालिका–८ का एकक व्यक्ति बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापा रहेका छन् । थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ ।थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिएकी छन् ।उजुरीपछि
थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको छ ।प्रहरीले गोली हानी भोजपुरबाट मंगलबार पक्राउ गरेका विप्लव माओवादीका कार्यकर्ता तीर्थ

घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ।प्रदेश नम्बर १ का प्रहरी नायब महानिरिक्षक केदार रिजालले यसको पुष्टि गरेका हुन्। रिजालका अनुसार उनलाई दाहिने तिघ्रामा गोली लागेको थियो।उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको हो।उनी षडानन्द नगरपालिका २ का बासिन्दा हुन्। घिमिरेलाई प्रहरीले मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी नियन्त्रणमा लिएको थियो।घोत्रेखानी जंगलमा विप्लव माओवादीको गतिविधि रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि उनीमाथि गोली चलाइएको थियो।उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद भएको प्रहरीको भनाइ छ।पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भयाे । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ ।नौं जनाको हत्या भएकाे उक्त घटनाबाट जोगिएकी एक प्रत्यक्षदर्शी १२ वर्षीया बालिका सिता खुजुम रहेकी छन् । उनले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।सिताकाे अनुसार राति गहिरो निद्रामा परेका बमबहादुरका परिवारका अन्य सदस्यमाथि मास्क लगाएका व्यक्तिले खुकुरी बर्साए । घरमा सुतिरहेका अन्य सदस्यको अनुहार र घाँटीमा खुकुरी बर्साएको देखेपछि आत्तिएकी उनी अध्याँरैमा भागेकी थिइन् । तर घरबाट ज्यान बचाउन भागेकी उनलाई पनि मास्क लगाएका हत्याराले लखेटेका थिए। अज्ञात समूहको आक्रमणबाट उनको हात भाँचिएको छ ।प्रत्यक्षदर्शी १२ वर्षीया बालिका सिता खुजुमसिताले स्थानीयबासीलाई बताए अनुसार मास्क लगाएका व्यक्तिले खुकुरीले

काट्दै गरेको देखेपछि आत्तिएँ उठिन् । सिता उठेकाे देखेपछि उनलाई पनि ती व्यक्तिले काट्न झम्टिए । त्यसपछि सिता मकै बारीतिर दाैडिन् । सीताको भनाइ उधृत गर्दै ढकालले स्थानीयबासी जयकुमार ढकाल भने, ‘घरबाट निस्केर भागेपछिमकै बारीतिर कुँदे, तैपनि मलाई मास्क लगाएका ती मान्छेले लखेटिरहे। तर ओरालोमा छिटो छिटो दौडिन सकेकाले मलाई नभेटेपछि ज्यान बचाउन सफल भएँ।’बमबहादुरका परिवारमाथि खुकुरी बर्साउने एकजनालाई मात्रै आफूले देखेको सिताले बताएकी छन् । ‘मैले खुकुरी बोकेका एकजनालाई मात्रै देखेँ, उनले मास्कले अनुहार छोपेका थिए’, सीताले स्थानीयसँग भनेकी थिइन्, ‘मलाई पनि तिनैले लखेटेका थिए, तर गाउँकै एक घरमा लुकेर ज्यान बचाएँ।’ घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे।’भागेर बाँचेकी सिताको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको होज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाईं धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।यस्तै फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दूरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।दुई नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको बताएका छन् ।-न्यूज२४

Related Articles

Back to top button