समाचार

।लमजुङ केन्द्रबिन्दू भएर भूकम्पको धक्का

काठमाडौं – मंगलबार मध्यराति भूकम्पको धक्का महसूस गरिएको छ ।लमजुङको बेसीसहर आसपास केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।राति ११ बजेर ४७ मिनेट जाँदा आएको भूकम्प ४.१ म्याग्निट्यूटको रहेको केन्द्रले जनाएको छ । राति सुतेको बेला भूकम्पको धक्का आएपछि सर्वसाधारण त्रसित बनेका थिए यसअघि धादिङ र दैलेखमा समेत भूकम्पको धक्का महसूस गरिएको थियो ।मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा मंगलबार कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीताविरुद्ध सरिताको हत्यामा संलग्न भएको जनाउँदै मुद्दा दर्ता गरेको हो ।जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आरोपितको बयान, सबुत–प्रमाण तथा अनुसन्धान सकिएपछि परिवारका सबैविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गर्यौँ ।” उहाँका अनुसार अभियुक्तलाई मुलुकी संहिताको कर्तव्य ज्यान मुद्दाअन्तर्गत

जन्मकैदको सजाय हुने प्रावधान छ ।गत वैशाख १३ गते बिहान १० बजे सरितालाई घरमै घाँटीमा नीलडाम भएको मृतावस्थामा प्रहरीले उनको शव फेला पारेको थियो । सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले घटनाको दिन दिउँसो नै जिल्ला प्रहरी कर्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको थियो ।प्रहरीले सोही आधारमा सोही दिन परिवारका अन्यलाई गिरफ्तार गरी हिरासतमा घटनाको अनुसन्धान तथा आरोपितको बयान लिएको थियो । सुदीप भने घटनापछि गाउँ छाडेर भाग्ने तरखरमा रहेको अवस्थामा र परिवारका अन्य सदस्यलाई घरबाटै प्रहरीले गिरफ्तार गरेको थियो । सुदीपले आफूले मात्रै सरिताको हत्या गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान तथा बयान लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिएपछि गतसाता जिल्ला सरकारी वकिलको कार्यालयमा सोसम्बन्धी अपराध घटना बुझाएका थियौँ ।”प्रहरीको बयानमा सरिताका श्रीमान् सुदीपले घटना भएको दिन बिहान सरिता केही समय बाहिर निस्किएको र घर आएपछि केही विषयमा झगडा परेपछि आफूले सरितालाई कुटपिट गरेको र पछि

गुलेलीको रबरले सरिताको घाँटी अठ्याउँदा बाबु पीताम्बर र दाजु केशवले दुवै गोडा समाएको बताएका थिए । घटना भइरहँदा सरिताका सासू गङ्गा र जेठानी सङ्गीता भने मुकदर्शक भएर कुनै प्रतिक्रिया नजनाएको सुदीपले बयानमा भनेको प्रहरीले जनायो ।विप्लव नेकपामा आवद्ध भएको १५ दिनमै प्रहरीको गोलि लागेर मृत्यु जेठ ०८, २०काठमाडौँ – मंगलबार साँझ प्रहरी र विप्लव नेकपाका कार्यकर्ता बीच भएको भिडन्तमा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।मृत्यु हुनेमा नेपाल कम्युनिष्ट पार्टी भोजपुरका जिल्ला स्तरीय कार्यकर्ता तीर्थराज घिमिरे रहेका छन्। घिमिरेको बुधबार बिहान २ बजे आसपासको समयमा मृत्यु भएको हो।भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्ग क्षेत्रको धोत्रे भन्ने ठाउँमा मंगलबार साँझ नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा तीर्थराज घिमिरे गम्भीर घाइते भएका थिए। तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका घिमिरेलाई उपचारको लागि धरान पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी कारवाही गरिएको प्रहरीले जनाएको छ।यता नेकपाले भने घर नै घेराबन्दीमा पारेर प्रहरीले हमला गरेको आरोप लगाएको छ। पार्टी श्रोतका अनुसार घिमिरे केहि हप्ता अगाडी मात्रै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए।विप्लव नेकपामा आवद्ध भएको १५ दिनमै प्रहरीको गोलि लागेर मृत्युप्रकाशित : बुधबार, जेठ ०८, २०७६०४:४१

Related Articles

Back to top button