भिडियो

परिवारका ९ जनाको हत्या रातभरी लुकाएर राखेर सीतालाई नयाँ जीवन दिने

रातभरी लुकाएर राखेर सीतालाई नयाँ जीवन दिने यी महिलाले खोलिन् घटनाको थप रहस्य (भिडियो)काठमाडौं। सोमबार राती पाँथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा बीभत्स दुई परिवारको ९ जनाको हत्या भयो । यो अत्यन्तै दुखद घटना थियो । पाँचथरको त्यो घटनाले मिक्लाजुङको आरूबोटे गाउँ लगायत सारा नेपाल शोकमा डुबेको छ।घटनामा भागेर ज्यान बँचाउन सफल भएकी १४ वर्षीय बालिका सिता खुजुम आक्रमणकारीले नराम्ररी कुटपिट गरे पनि विचलित नभई आफ्नो ज्यान सुरक्षित गरेकी छिन् । सिताको थप उपचार दमकमा रहेको लाइफ लाइन अस्पतालमा भइरहेको छ ।भाग्ने क्रममा लडेर हातमा चोट लागेकाले उनको हातमा चारवटा टाँका लगाइएको छ । सामान्य अवस्थामा रहेकी सीताले भनिन्, ‘हामी चार जना एकै ठाउँमा सुतिरहेका थियौँ । रातिको करिब १ बजेको थियो होला । एक जना मुखमा गलबन्दी बाँधेको मानिस कोठामा पस्यो । आएर त्यसले हामीलाई कुट्न थाल्यो । त्यसपछि म भागेँ ।’ आफू भागेपछि त्यहाँ के भएको हो आफूलाई थाहा नभएको उनले बताइन् । सीताले घरमा आएर कुटपिट गर्ने मानिसले ढोका बन्द गरेर कुटपिट गरेको

बताइन् ।उनले बाहिर हजुरबा सुतेको आफूलाई थाहा भएको बताउँदै भनिन्, ‘त्यो मान्छेसँग हातमा टर्च लाइट पनि थियो ।ढोका बन्द गरेर कुटपिट गरेपछि हल्ला पनि भयो ।’ त्यो बेलामा हातमा अरू केही नदेखेको र आफू भागेर गएपछि अरू के भयो थाहा नभएको उनको भनाइ छ ।वंश नै नाश हुने गरी भएको सो हत्यामा सीताले आफ्ना हजुरबा, हजुरआमा, दिदी र अन्य आफन्तलाई गुमाउन पुगिन् तर उनलाई भने भाग्यले बचायो ।उनको हात काटिएको थियो । राती उनी भाग्ने क्रममा घर नजिक बजुको घरमा पुगिन् सिताले बजु बुजु भन्दै बोलाइन्, बजु निदाएको अबस्थामा बिउझिएर ढोका खोलेपछी उनी भित्र पसेको अनी पानी मागेको उनकी बजुले बताइन् ।बाँकी भिडियोमा हेर्नुहोस्ः

Related Articles

Back to top button