समाचार

काठमाडौंमा ,सुन पसलको सटर फोड्दै गर्दा भारतीय चोर पक्राउ

काठमाडौं, ८ जेठ । कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा प्रहरीले सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दाजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको प्रहरीले जनाएको छ।पाँचथर। पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।मानबहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन । यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतै तिर केन्द्रित गरेको छ । दुई परिवारको ९ जनाको हत्या

गरिएकोमा एक बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । सीताले प्रहरीलाई दिएको बयानमा एक जना मात्र नकाबधारी आएको र ढोका खोल्नासाथ आक्रमण गरेको बताएकी थिइन् ।उनले प्रहरीलाई आक्रमणकारीको हुलिया समेत बताएकी थिइन् । उनले बताएको हुलिया झुण्डिएको अवस्थामा शव भेटिएका मानबहादुरसँग मिल्छ । मानबहदुरकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् तर मानबहादुर यसका लागि तयार थिएनन्। आ फ्नी श्रीमतीलाई ससुराली परिवारले नै सम्बन्धविच्छेदका लागि उक्साएको उनलाई लाग्थ्यो त्यसैले उनी ससुराली परिवारसँग रुष्ट थिए । यही विवादका कारण उनैले हत्या गरेर पछि आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । ५ जनाको हत्या भएको परिवारमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो ।त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । सीता खजुम भागेर बाँच्न सफल भएकी थिइन् । शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन्।मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ

Related Articles

Back to top button