समाचार

पाँचथर विभत्स हत्या काण्ड– साढु दाइको हत्या गरेर मानबहादुरले आत्माहत्या गरे

(भिडियो) पाँचथर – मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा सोमबार राति विभत्स हत्या गरिएका दुई परिवारका नौ जनाको शवको पोष्टमर्टम सुरु भएको छ । कहालीलाग्दो हत्याकाण्डमा हत्या गरिएका नौ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमर्टम सुरु भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो ।हत्या गरिएका नौ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमसहित १० जनाको शव आज बिहान धरान पुर्‍याइएको हो । झुण्डिएर आत्महत्या गरेका माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छो ज्वाइँ हुन् । माखिमले नै ससुराली परिवार र साढु दाइको हत्या गरेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । (भिडियो)परिवारका नौ जनाको हत्या लगत्तै मानबहादुरले किन गरे आत्महत्या? आत्महत्या गरेको ठाउँ नजिक भेटियो खुकुरी, लुगा र झोलापरिवारका नौ जनाको हत्या लगत्तै मानबहादुरले किन गरे आत्महत्या? आत्महत्या गरेको ठाउँ नजिक भेटियो खुकुरी, लुगा र झोलाकाठमाडौं–पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । भने एक किशोरी घाइते भएकी छिन्। उक्त सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।विभत्स हत्या भएको सोहि स्थान नजिक अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिम मृत अवस्थामा भेटिएका छन् ।मान बहादुर माखिमले आत्महत्या गरेको ठाउँ

नजिकै रगतमा लतपतिएको खुकुरी,लुगा र झोला भेटिएको प्रहरीले जनाएको छ।माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा फेला पारिएको हो । झुण्डिएको अवस्थामा फेला परेका माखिम फियाक परिवारका ज्वाइँ रहेको बताइएको छ ।माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन ।भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमले को बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै भएको बताइएको छ ।उक्त हत्यामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले जनाएका छन् ।गत राति भएको घटना आरुबोटेका बमबहादुर फियाक र धनराज सेर्माको घरमा भएको बताइएको छ ।हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।तीमध्ये तीन बालिका पनि छन्।१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।उनले भनेकी छिन् ‘मध्यरातमा अनुहारमा मखुण्डो लगाएको व्यक्तिले सबैलाई खुकुरी हानेको हो ’ ।उनले आफु भागेर बाच्न सफल भएको बताएकी छिन् ।अहिले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको जनाइएको छ

Related Articles

Back to top button