समाचार

कार दुर्घटना व्यवसायी तीर्थ आचार्यकाे मृत्यु

दाङ – कार दुर्घटनामा परेर दाङका व्यवसायी तीर्थ आचार्यको ज्यान गएकाे छ दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुकाे शिवराज नगरपालिका-१ मामा खोलामा खसेर घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ प्रहरीका अनुसार त्यही कारमा सवार लमही-८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ ।कार अनियन्त्रित हुँदा सडकदेखि झण्डै तीन सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ।आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ।बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको अधिकारीहरूले जनाएका छन्।करिब १० लाख मानिसलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सारिएको बिबिसीले जनाएको छ।नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्।साथै, देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ र हिमाली भूभागमा पनि हिमपातको सम्भावना रहेको छ।आइतबारदेखि देशभर मौसममा क्रमिक रूपमा सुधार आउने सम्भावना रहेको बताइएको छ।काठमाडौंमा बुधबार साँझ बादलको गड्याङगुडुङ गर्जनसहित चलेको हावाहुरी र बर्सेको पानीले एक महिनाअघिको बारा घटना याद दिलायो।यही चैत १७ गते बारा र पर्सामा आएको हुन्डरीले २८ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए। जल

तथा मौसम विज्ञान विभागले उक्त हुन्डरी ‘टोर्नाडो’ भएको जनाएको विनाशकारी ‘टोर्नाडो’ को धङधङी बाँकी छँदै बुधबार काठमाडौं, ललितपुर र भक्तपुरको मौसम बिग्रेको हो। काठमाडौं उपत्यकाकै जस्तो हावाहुरी धादिङ, चितवन र नुवाकोटमा समेत आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हामीले यसबारे विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसँग कुरा गर्यौं।मौसम विभागका पूर्व महानिर्देशकसमेत रहेका श्रेष्ठले अहिलेको याम हावाहुरी सामान्य भएकाले सबैलाई सचेत रहन सुझाव दिए।यो हावाहुरी चल्ने याम नै हो। सामान्यतया चैत, वैशाख र जेठमा हुरीबताससहित मेघ गर्जन र बिजुली चम्किने हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ पानी पनि पर्छ। हिउँद सकिएर मनसुन सुरू नहुँदासम्म यो क्रम चलयस्तो हुनुको वैज्ञानिक कारण के तश्रेष्ठका अनुसार सामान्यतया तातो मौसममा यस्तो अवस्था सिर्जना हुन्छ। दिउँसो चर्को घाम लागेर जमिन तात्छ। तातेको जमिनबाट तातो हावा माथि जान्छ।त्यही हावा आकाशमा पुगेर चिस्सिएपछि बादल बन्छ र पानी पर्छ। त्यही बेला वायुमण्डल अस्थिर भए मेघ गर्जंदै बिजुली चम्किन्छ। यसले हावाहुरी ल्याउने बादल बनाउ मौसमको यो गतिविधि मुख्य रूपमा पूर्वी र मध्य नेपालमा हुने उनी बताउँछन्।यसका दुई कारण छन्- स्थानीय वायुको प्रभाव र भारतको बंगाल क्षेत्रबाट आउने पश्चिमी वायु।बुधबार काठमाडौं लगायत क्षेत्रमा आएको हावाहुरीमा स्थानीय वायुकै भूमिका धेरै रहेको उनले बताए। बुधबार काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियसम्म पुगेको थियो। दिउँसो धेरै तातो भएपछि साँझ वायुमण्डल अस्थिर भएर हावाहुरी आएको उनले बताए।जति तातो बढ्यो, हावाहुरीको सम्भावना उति बढ्छ,’ उनले भने, ‘नेपालको पूर्वी र मध्य भागको तापक्रम यो याममा बढी हुने भएकाले हावाहुरीको सम्भावना धेरै हुन्छ। पश्चिममा पनि तापक्रम धेरै भए सम्भावना बढ्छ।’उनले नेपालगन्जको उदाहरण दिए, जहाँ हावाहुरी र भूमरीको सम्भावना धेरै हुन्छ।पश्चिमी वायुको कुरा गर्दा यतिबेला भारतको तटीय क्षेत्र बंगालदेखि आसामसम्मको क्षेत्र तातो छ। हावाहुरी र आँधीतूफान आउने बेला यहीहो।भारतको बंगालमा अहिले सामुद्रिक आँधीले सताइरहेको छ। उडिसा राज्यका करिब ८ लाख मान्छेलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।फानी’ नामको आँधी दुई सय किलोमिटर प्रतिघन्टाको गतिमा आउने अनुमान मौसमविद्हरूले गरेका छन्। नेपाली मौसमविद्हरूले

बारा र पर्सामा लगभग यति नै वेगको भूमरी आएको अनुमान गरेका थिए।बंगालको खाडी हुँदै आन्ध्र प्रदेशतर्फ गइरहेको आँधी शुक्रबार बंगलादेशतिर जानेछ। नेपालको मौसमपूर्वानुमान महाशाखाले उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने
भए पनि त्यसको केही प्रभाव यहाँ पर्न सक्ने बताएको छ। फानीको यही प्रभावले नेपालको पूर्वी र मध्य भागमा शुक्रबार हावाहुरी, चट्याङ र वर्षाको सम्भावना छ। देशभरको मौसममा बदली र हिमाली भेगमा हिउँ पर्ने पूर्वानुमान गरिएको छ।पश्चिमी वायुको प्रभावसँगै पूर्वी तथा मध्य नेपालको भौगोलिक र जलवायु विशेषताले पनि प्रभाव पार्ने श्रेष्ठले बताए।वायुमण्डलमा हावाहुरी ल्याउने बादल बनाउन जुन चिसोपना चाहिन्छ, त्यो हाम्रो पूर्वी र मध्य भागमा बढी हुन्छ,’ उनले भने, ‘पूर्वी पहाडमा बनेर सक्रिय भएको बादल विस्तारै तराईतिर झर्छ। यसले पहाडमा पानी पार्ने र तराईमा भूमरी तथा हुरीबतास ल्याउने वातावरण बनाउँछ।’उनका अनुसार यो क्रम अझै एक महिना चल्छ। सामान्यतया जुन १० तारिखबाट मनसुन सुरू हुने मानिन्छ। जलवायुको अवस्थाअनुसार कहिलेकाहीँ ढिलोचाँडो हुने उनले बताए।हावाहुरी चल्नु सामान्य मानिए पनि सावधान भने रहनुपर्ने उनी सुझाउँछन्।कत्रो हुरी आउँछ भन्ने यकिन हुँदैन। हलुका सामान उड्न सक्छन्। खस्न सक्छन्। रूख ढल्न सक्छन्। बाटामा हिँड्दा ध्यान पुर्याउनुपर्छ,’ उनले भने, ‘धूलो धेरै उड्ने भएकाले सवारीसाधन चलाउँदा होस् पुर्याउनुपर्छ।’सरकारीस्तरमा पनि सर्वसाधारणलाई मौसमबारे जानकारी दिँदै सावधानी अपनाउन सचेत गराउनुपर्ने उनले बताए। हामीकहाँ मौसमबारे राम्रो जानकारी नहुँदा दुर्घटना सम्भावना धेरै छबारामा त अहिले पनि मान्छे तर्सेका छन् भन्ने सुनेको छु,’ घटनालगत्तै मौसम विभागले खटाएको अध्ययन टोलीका सदस्य श्रेष्ठले भने, ‘सानो हुरी आउँदा पनि मान्छे डराउन थालेका छन्। त्यसैले सर्वसाधारणलाई यस्ता विपदबारे जानकारी र सूचना हुनुपर्छ।’लो हुरी वा वर्षाको पूर्वानुमान भएका बेला सूचना दिइनुपर्ने उनी सुझाउँछन्। जलवायुको स्वरूप परिवर्तन भइरहेकाले यसले नयाँ-नयाँ जोखिम ल्याउन सक्छ। नेपालको मौसमबारे सक्रिय भएर काम थालिनुपर्ने उनले बताए।

Related Articles

Back to top button