समाचार

पाँचथर घटना मानबहादुर र श्रीमती मनकुमारी सम्बन्ध

पाँचथर घटना : डिभोर्सको प्रक्रियामा थिए मानबहादुर र मनकुमारी काठमाडौँ, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनामा पारिवारिक कारण नै देखिएको प्रहरीले अनुमान गरेको छ ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम लिम्बुले नै दुई परिवारको हत्या गरेको हुनसक्ने प्रहरीले प्रराम्भिक अनुमान गरेको छ । हत्या गरिएका धनराज शेर्मा मानबहादुरका साढु दाई हुन् ।मानबहादुरले समेत आत्महत्या गरिसकेका छन् । उनले ससुराली र साढु दाईको परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानले देखाएको मानबहादुरले ससुरालीमा बस्दै आएकी श्रीमती मनकुमारीको पनि हत्या गरेका छन् । मानबहादुरसँगको सम्बन्ध बिग्रेपछि मनकुमारी माइतीमा बस्दै आएकी थिइन् ।उनीहरुबीच डिभोर्सको प्रक्रिया चलिरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार माइती पक्ष र साढु दाईको परिवारले डिभोर्स गर्न उक्साएको

भन्दै मानबहादुर रिसाएका थिए ।श्रीमती माइतीमा बसेपनि मानबहादुर भने मिक्लाजुङ ७ को घरमा एक्लै बस्दै आएका थिए । श्रीमतीले छाडेपछि उनी मानसिक रुपमा विछिप्त बनेका स्थानीय बताउँछन् ।घटनाबाट बच्न सफल बालिकाको भनाइ र उनको आत्महत्याले हत्यामा उनको संलग्नता बलियो बन्दै गएको प्रहरीले जनाएको छ । यद्यपी, अनुसन्धान जारी रहेका अहिले नै धेरै कुरा भन्न नसकिने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।सबै सुतिरहेका बेला मखुण्डो लगाएको व्यक्तिले अन्धाधुन्द हतियार प्रयोग गरेको प्रहरीले बताएको छ । घटनाबाट बच्न सफल १२ वर्षीया सीता खजुमले एकजना मखुण्डो लगाएको व्यक्तिले सबैको हत्या गरेको बताएकी छन् ।घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संघीय प्रहरी ईकाई धरान र प्रदेश नम्बर १ को प्रहरी टोली खटिएको छ ।घटनामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू मारिएका थिए ।

Related Articles

Back to top button