समाचार

काठमाडौं टोखामा देखियो डरलाग्दो दृश्य, मान्छेहरुको भागाभाग

काठमाडौं । शहरी क्षेत्रमा पछिल्लो समय जंगल मासेर वस्ति निर्माण गर्न थालिएपछि जंगली जनावर मान्छेको घर तिर देखिन थालेका छन् ।आज बिहानै काठमाडौंको टोखास्थित ग्रान्डी हस्पिटल नजिकैको वस्तिमा चितुवा पसेको छ । एकाबिहानै बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् ।बिहानै ५ बजेतिर मर्निङ वाक निस्केकाहरुले चितुवा बस्ति पसेको देखेका थिए । चितुवालाई कुकुरले खेद्दै गरेको देखेका एक स्थानीयले बताए ।त्यसपछि चितुवा अत्तालिएर रुख चढेको स्थानीयले जनाएका छन् । चितुवा बिहान ८ बजेसम्म भूतखेल चौरको सल्लाघारीमा रुखमा चढेर बसेको स्थानीयको भनाइ छ ।बस्तीमा यसअघि चितुवा नदेखिएको र उक्त चितुवा शिवपुरी जंगलबाट आएको हुनसक्ने बताइएको छ । वस्तिमा तिुवा देखिएपछि प्रहरी पुगेको छ ।पाँचथर घटना : डिभोर्सको प्रक्रियामा थिए मानबहादुर र मनकुमारीकाठमाडौँ, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनामा पारिवारिक कारण नै देखिएको प्रहरीले अनुमान गरेको छ ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम लिम्बुले नै दुई परिवारको हत्या गरेको हुनसक्ने प्रहरीले प्रराम्भिक अनुमान गरेको छ । हत्या गरिएका धनराज शेर्मा मानबहादुरका साढु दाई हुन् ।मानबहादुरले समेत आत्महत्या गरिसकेका छन् । उनले ससुराली र साढु दाईको परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानले देखाएको मानबहादुरले ससुरालीमा

बस्दै आएकी श्रीमती मनकुमारीको पनि हत्या गरेका छन् । मानबहादुरसँगको सम्बन्ध बिग्रेपछि मनकुमारी माइतीमा बस्दै आएकी थिइन् ।उनीहरुबीच डिभोर्सको प्रक्रिया चलिरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार माइती पक्ष र साढु दाईको परिवारले डिभोर्स गर्न उक्साएको भन्दै मानबहादुर रिसाएका थिए ।श्रीमती माइतीमा बसेपनि मानबहादुर भने मिक्लाजुङ ७ को घरमा एक्लै बस्दै आएका थिए । श्रीमतीले छाडेपछि उनी मानसिक रुपमा विछिप्त बनेका स्थानीय बताउँछन् ।घटनाबाट बच्न सफल बालिकाको भनाइ र उनको आत्महत्याले हत्यामा उनको संलग्नता बलियो बन्दै गएको प्रहरीले जनाएको छ । यद्यपी, अनुसन्धान जारी रहेका अहिले नै धेरै कुरा भन्न नसकिने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।सबै सुतिरहेका बेला मखुण्डो लगाएको व्यक्तिले अन्धाधुन्द हतियार प्रयोग गरेको प्रहरीले बताएको छ । घटनाबाट बच्न सफल १२ वर्षीया सीता खजुमले एकजना मखुण्डो लगाएको व्यक्तिले सबैको हत्या गरेको बताएकी छन् ।घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संघीय प्रहरी ईकाई धरान र प्रदेश नम्बर १ को प्रहरी टोली खटिएको छ ।घटनामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू मारिएका थिए ।

Related Articles

Back to top button