समाचार

भारतीय डाँका माथि नेपाल प्रहरीले गोलि

काठमाडौँ – हतियार सहित नेपाल छिरेको भारतीय डाँका समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले ८ भारतीय डाँकालाई गोलि प्रहार गरी पक्राउ गरेको हो।पक्राउ परेका सम्पूर्ण भारतीय रहेको र उनीहरु जनकपुरधाम–८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्य सहित आएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने सम्पूर्ण भारत बिहार प्रान्त स्थित समस्तीपुरकजा रहेका छन्।प्रहरीका अनुसार ७ जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट पक्राउ गरिएको हो। डाँकाहरुलाई पक्राउ गर्दा प्रहरीले गोलि चलाएको र त्यस क्रममा एक डाँका घाइते भएको बताइएको छ।घाइते डाँकाको हाल जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ। पक्राउ परेको समूहको साथबाट प्रहरीले पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली समेत बरामद गरेको छ।प्रकाशित : बिहिबार, जेठ ०९, २०७६०४:०७पाँचथर हत्याकाण्ड: आफन्तले लगाए प्रहरीमाथि गम्भीर आरोप ! काठमाडौं। पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको ज्यान जाने गरी भएको सामुहिक हत्याकाण्डमा मारिएका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् । दुई परिवारका नौ जनाको हत्या एक जनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरुको गम्भीर आरोप छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा धरानबाट देबेन्द्र पौडेल, झापाबाट लक्ष्मी काफ्ले र पाँचथरबाट सरोज शर्माले लेखेका छन्।आफन्तले हत्यामा अन्यको पनि संलग्नता भएको दाबी गरेका छन्। आत्महत्या गरेका व्यक्तिलाई सबै दोष देखाएर हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलनमा उत्रिने मृतकका आफन्त शान्त लिम्बुले चेतावनी दिइन्।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका बेला ठूलो संख्यामा भेला भएका मृतकका आफन्तजनहरुले एक साताअघि सोही घरमा नुनमा सिसा मिसाइएको घटनाको अनुसन्धानमा प्रहरीले वेवस्ता गरेको पनि आरोप

लगाए।हत्याराले बनाएको पहिले देखिको योजनाप्रति प्रहरीले वेवास्ता गरेको उनीहरुको भनाई छ । प्रहरीले खानामा सिसा मिसाएको घटना अनुसन्धान नगर्दा
सामुहिक हत्या हुन पुगेको मृतकका आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले बताए। ‘सिसा काण्डमा जाहेरी परे पनि प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान नगर्दा सामुहिक हत्या भयो,’ उनले भने, ‘वास्तविक छानबिन र प्रगतिबारे जानकारी नदिएसम्म शव जिम्मा लिदैंनौं।’मिक्लाजुङ–३, आरुबोटेमा धनराज सेर्माको पाँच र बमकुमार फियाक परिवारका चारजनाको सोमबार राति हत्या भएको थियो । बमकुमार ससुरा हुन् । धनराज उनका ज्वाइँ हुन् । ज्वाई ससुराको घरको दुरी पैदल हिँडेर आधा घण्टाको फरकमा रहेको सोही वडाका अध्यक्ष हस्तराज फियाकले जानकारी दिए ।उनले पनि घटनामा एउटैको मात्र संलग्नता हुन नसक्ने बताए । घट्नालाई गम्भीर रुपमा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न उनले माग गरे। हत्यामा संलग्न भनी शंका गरिएका मिक्लाजोङ ७ का मनबहादुर माखिमले झुन्डिएर आत्महत्या गरेका थिए ।प्रहरीले मनबहादुरले नै हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जनाएको छ। शव पोस्टमार्टमपछि अपराह्न ४ बजेसम्म आफन्तले बुझेनन् । मर्जरीमा राख्न ठाउँ नभएको प्रतिष्ठानले भनेपछि शव जिल्ला लगिएको छ।आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । बुधबार राति घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका –५ कुवाकोटको पुरचौडी नजिकै बसपार्कमा टहरामा बस्दै आएका एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति १० बजेतिर आगो बाल्ने चुलो नजिकै सुतिरहेका उनीहरुको आगो सल्केर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ

Related Articles

Back to top button