अन्तर्राष्ट्रिय

मतपरिणाम सुनेर काँग्रेस नेतालाई हृदयघात, मतगणनास्थलमै मृत्यु

काठमाडाैँ, ९ जेठ । भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहँदा मतगणनास्थलमा एक काँग्रेस नेताको हृदयघातका कारण मृत्यु भएको छ ।मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका काँग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको हो ।भारतीय सञ्चार माध्यम पञ्जाव केशरीकाअनुसार मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो ।उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन । बिहान आठ बजेदेखि जारी मतगणनामा सत्तारुढ भाजपा गठबन्धनले भारी अग्रता लिएको छ । मतपरिणाम आजै बेलुका आइपुग्नेछरुकुम पूर्व — बाबुको हत्या गरेर एकजना आफैँ प्रहरी चौकीमा आएका छन् । भूमे गाउँपालिका-७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा आएका हुन् । ४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी बिहीबार बिहान ६ बजेमहतस्थित प्रहरी चौकी पुगेका थिए । बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुटि्टन सकेको छैन भनेर आफै प्रहरीमा आएको हो, घटनाको विस्तृत अनुसन्धान हुँदैछ,’ प्रहरी निरीक्षक सुनारले भने ।घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ प्रकाशित : जेष्ठ ९, २०७६ १०:१५काठमाडौँ – प्रहरीको गोलि लागेर एक कार्यकर्ताको मृत्यु भएपछि विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न संघर्षका कार्यक्रमहरु

घोषणा गरेको छ।बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्।युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै विप्लवले संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्। तीर्थ घिमिरेलानियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिएको भन्दै विप्लवले घटनाको भत्सना पनि गरेका छन्।“हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफनो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फासीवादी अनुहार नागिंएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियान अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ ।” उल्लेख गर्दै विप्लवले सरकारले हत्याको सहारा लिएको आरोप लगाएका छन्।यसरी मुडभेडको नाममा कार्यकर्ता मारिएपछि विप्लवले डटेर विरोध गर्न मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकार सम्पूर्णमा आह्वान पनि गरेका छन्।यस्तै विप्लवले घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न पनि विज्ञप्ति मार्फत जोडदार माग गरेका छन्।विप्लवले विज्ञप्ति मार्फत सार्वजनिक गरेका संघर्षका कार्यक्रमहरु निम्न छन् १) १० र ११ गते भण्डाफोर, कोणसभा २) १२ गते देशव्यापी मसाल जुलुस३) १३ गते नेपाल बन्द

Related Articles

Back to top button