समाचार

खतरनाक दुर्घटना २४ वर्षीया पूजा र बमबहादुर को मृत्यु

९ जेठ, दाङ । दाङ घोराही उपमहानगरपालिकामा सवारी दुर्घटनामा हुदा एक महिलाले ज्यान गुमाएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का २४ वर्षीया पूजा परियारको मृत्यु भएको हो।घोराहीबाट तुलसीपरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९८५३ नम्बरको पावर टेलर आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार परियारको उपचारका क्रममा घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।।मोटरसाइकल चालक तुलसीपुरका गुमान विक गम्भीर घाइते भएका छन्। उनलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी

भित्री सडक खण्डमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नम्बरको टिप्परले विपरित दिशाबाट जाँदै गरेको को५प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो ।टिपरको ठक्करबाट गम्भिर घाईते भएका बस्नेतको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।उनका अनुसार टिप्पर र त्यसका चालक धनुषाका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले खोर्साने–केराबारी सडक खण्ड र पूर्व–पश्चिम राजमार्ग बन्दको प्रयास गरेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरेर राजमार्ग बन्द गर्न नदिएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button