समाचार

हतियार सहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीलाई यसरी लियो नेपाल प्रहरीले नियन्त्रणमा

Loading...

काठमाडौं, २ माघ । ह ति यार सहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले निय न्त्रण मा लिएर भारत फर्काएको छ । बुधबार भारतीय प्रहरी ह ति यार सहित नेपालगन्ज नाका हुँदै कैलालाी सम्म पुगेका थिए ।बाँके, बर्दिया पार गरेर तेस्रो जिल्ला कैलालाी प्रवेश गर्दा सम्म प्रहरीले थाहा पाएन । स्थानियले भारतीय प्रहरी ह ति या र सहित आएको देखेपछि भने प्रहरीलाई खबर गरेका थिस् । मनेपाली भूमिमा प्रवेश गरी ३ जिल्ला पार गरेपछि मात्र कैलाली प्रहरीले उनीहरुलाई प क्राउ गर्‍यो । कैलालीको चिसापानीमा भारतीय गाडीमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले निय न्त्रण मा लिएको हो । नेपाल प्रहरीले निय न्त्र णमा लिएको भिडियो पनि सार्वजनिक भएको छ ।ह ति या रसहित नेपाल प्रवेश गरी बाँकेको नेपालगञ्जबाट सय किलोमिटर टाढा कैलालीको चिसापानी पुगे पछि कैलाली प्रहरीले उनीहरुलाई नि यन्त्र णमा लिएको थियो ।तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले भने उनीहरुलाई नि य न्त्रण मा लिएको नभई सम्झाई बुझाई गरेर भारत नै फिर्ता पठाएको बताएका छन् । ती प्रहरीहरु उत्तर प्रदेशको

बहराइच जिल्लाका प्रहरीहरु थिए । उनीहरु नेपालगञ्जको सिमानामा आएपछि केही समय नेपाल घुमौँ भनी नेपाली भूमि प्रवेश गरेको र चिसापानी स्थित कर्णाली पुल हेर्न पुगेको बताएका छन् ।कैलालीको चिसापानीमा रहेको कर्णाली पुल हेरेर उनीहरु सिद्धार्थ कटेजमा खाजा खान लाग्दा नेपाल प्रहरी पुगेको थियो । कानुनतः ह ति या रसहित अर्को देशमा प्रवेश गर्न पाइँदैन । यता बाँके प्रहरीले भने उनीहरुसंग ह ति या र नभएको दावी गरेको छ । बाँके प्रहरीका अनुसार १० जनाको सङ्ख्यामा आएका भारतीय प्रहरीहरुलाई पहिले नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म मात्रै जाने अनुमति दिइएको थियो ।उनीहरु सुरुमा बागेश्वरी मन्दिर पुगेर दर्शन गरेका थिए । त्यसपछि उनीहरु बाँके प्रहरीलाई खबर नै नगरी कैलालीको चिसापानीमा रहेको कर्णाली पुल पुगेको जनाएको छ । तर उनीहरुसंग ह ति या र थियो भन्ने कुरा भने गलत भएको बाँके प्रहरीको भनाई छ । तर पनि उनीहरु बाँकेको नेपालगन्जको नाका हुँदै तिन जिल्ला पार गरेर भारतीय सुरक्षाकर्मीको बर्दीमै किन कैलाली पुगे भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।

Loading...

Related Articles

Back to top button
Close
Close