अन्तर्राष्ट्रिय

युएई मा भयानक दुर्घटना ५ नेपालीको मृत्यु १८ जना घाइते

Loading...

युएईको आबुधावी प्रहरीले बिहीबार भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ । यस्तै अन्य १८ जना घाइते भएका छन् ।आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस अल राहा रोडमा दुर्घटना भएको हो । दुर्घटना लापरबाहीपूर्ण ढंगले सवारी चलाउँदा हुन पुगेको प्रहरीको निष्कर्ष छ ।आबुधावी प्रहरीले इन्स्टाग्राममार्फत जारी गरेको एक भिडियोमा दुई सामान बोक्ने लरी खतरा बत्तीका साथ सडकको दाहिने लेनमा देखिन्छ । जसको अगाडि एक कार रोकिन खोजेको देखिन्छ ।त्यतिनै बेला केही गाडी लरीलाई छल्दै तीब्र गतिमा अघि बढ्छन् । तर एक बस भने पछिल्लो लरीको पछाडि ठोक्किन पुग्छ ।

दुर्घटनामा ५नेपालीको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जनासवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले जानकारी दिएका छन् ढकालले घाइतेहरुको माफराक अस्पतालमा उपचार भइरहेको जनाए ।आबुधावी प्रहरीका अनुसार दुर्घटनाका मुख्य कारण लरीको अगाडीका चालकको लापरबाही देखिन्छ । कार चालकले गडबड गर्दा लरी चालक अलमलिए, लरी चालकले कारलाई बचाउन खोज्दा पछाडिबाट बस ठोक्किन पुग्यो ।आबुधावी प्रहरीका बाह्य क्षेत्रीय यातायात विभाग तथा गस्ती निर्देशनालयका प्रमुख अब्दुल्ला खमीस अल अजीजीले दुर्घटना अत्याधिक गति भएको बताए । कार चालकको गल्ती तथा बस चालकले पनि अगाडीको अवस्था ख्याल गर्न नसक्नु समेत दुर्घटनाको जिम्मेवार रहेको बताए ।युएईस्थित स्थानीय सञ्चारमाध्यमको सहयोगमा

Loading...

Related Articles

Back to top button
Close
Close