अन्तर्राष्ट्रिय

उद्धारमा गएको हेलिकोप्टर दुर्घटना, आठ जनाको मृत्यु

–इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिएजाकार्ता : इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिए ।दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको उक्त खोजी तथा उद्वार निकायका प्रमुख मुहमद सेगगीले एएफपी समाचार सतितिलाई जानकारी दिनुभएको छ । आइतबार अपराह्नमध्य जाभामा ज्वालामूखी विस्फोट भएको स्थानमा उद्धारकार्यको लागि सो हेलिकोप्टर गइरहेको थियो ।यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको इन्डोनेसिया खोजी र उद्धार निकायको यातायात सुरक्षा विभागले जनाएको छ । गत केही महिनायता इन्डोनेसियाले वायु सेवामा कैयौँ दुर्घटना भएका छन् । इन्डोनेसियाको बोर्नेओ राज्यको दुर्गम इलाकामा गत डिसेम्बरमा भएको एक सैनिक विमान दुर्घटनामा परी करिब तीन व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

२०७५ भदौ २३ गते गोरखाको चुमनुब्री कारणका रुपमा औंल्याइएको छ ।दुर्घटनाका विषयमा छानबिन गर्न गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई हालै बुझाएको प्रतिवेदन अनुसार प्रतिकुल मौसमका बेला पाइलटले समयमै उचित निर्णय लिन नसक्दा हेलिकोप्टर दुर्घटनामा परेको हो नुवाकोट र धादिङको सिमाना मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको थियो७ जना सवार यस दुर्घटनामा एक जनाको जिवितै उद्दार गरिएको थियो भने पाइलटसहित ६ जनाको निधन भएको थियो । घटनामा जापानी नागरिक रोमी कामात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ (४०) दोलखाका हीरा शेर्पा (३५) गोरखा चुमनब्रीका छोवाङ नुर्बु, सुनिल तामाङ (२२) र पाइलट निश्चल केसीले ज्यान गुमाएका थिए।प्रतिवेदन अनुसार हेलिकोप्टर आउँदै गरेको रुटमा बादलले ढाकेको थियो । पाइलटले बादलको परवाह गरेनन् । तर, अत्यधिक बादलका कारण अगाडी कस्तो भूगोल छ भन्नेबारे उनले भेउ पाउन सकेनन् । सोही कारण हेलिकोप्टर पहाडमा ठोक्किएको छानविन प्रतिवेदनको निश्कर्ष छ ।रवीन्द्र काफ्लेपाँचथर–प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको घटनामा मारिएकाको दुई स्थानमा आज सामूहिक अन्त्येष्टी गरिएको छ । बमबहादुर फियाकसहित चार जनाको आरुबोटकै चिहानडाँडामा तथा धनराज शेर्मासहित पाँच जनाको पुख्र्यौली गाँउ सराङ डाँडामा अन्त्येष्टी गरिएको हो । सामूहिक चिता बनाई शव जलाइएको स्थानीय गणेशप्रसाद लुइँटेलले जानकारी दिए । यस्तै प्रहरीले सामूहिक हत्याको घटनाका थप प्रमाण

फेला पारेको जनाएको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत
गर्दै प्रहरी निरीक्षक पौडेलले बताए । मानबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्दै आए पनि उनकी श्रीमती मनकुमारी भने उनीसँग जसरी पनि

सम्बन्ध विच्छेद गर्ने पक्षमा रहेको मनकुमारीका माइती पक्षको भनाइ छ ।यस्तै प्रहरीले हत्या गरिएकाको शवको अवस्था, धारिलो हतियार प्रहारको प्रकारलगायत सुक्ष्म विश्लेषण गरेको छ सबैलाई एकै प्रकारले धारिलो हतियार प्रहार गरेको अनुसन्धानमा खुलेको छ”, प्रहरी निरीक्षक पौडेलले भने, “उनी एक्लैले सबैलाई धारिलो हतियार प्रहार गरेको देखिन्छ ।” हालसम्मको अनुसन्धानमा उक्त घटना गराउन माखिमबाहेक अन्यको संलग्नता देखिने कुनै पनि प्रमाण फेला नपरेको प्रहरी निरीक्षक पौडेलले बताए । “सबै अनुसन्धान सम्पन्न भएपछि कुनै प्रमाण फेलाप¥यो भने त्यो अलग कुरा हो तर हालसम्म उनी एक्लैले घटना गराएको देखिन्छ”, पौडेलले भने ।प्रहरीले हत्याका मुख्य अभियुक्त ठानिएका माखिम तथा हत्या गरिएका बमबहादुर फियाक र धनराज शेर्माको परिवार, आफन्त, छरछिमेकीलगायतसँग सोधपुछ जारी राखेको छ । यस्तै यी सबैको फोनको विवरण सङ्कलन तथा विश्लेषणको कार्यसमेत जारी राखेको जनाएको छ । सामूहिक हत्याको घटनास्थल, माखिमले आत्महत्या गरेको स्थान, उनले केही सामग्री छोडेको स्थान, माखिमको घरलगायतका क्षेत्रमा केन्द्रीय अनुसन्धान ब्युरोको कमाण्डमा अनुसन्धान जारी रहेको पौडेलले जानकारी दिए । सोमबार राति मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र उनका माइला ज्वाँइ धनराज शेर्माको परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । मङ्गलबार बिहान बमबहादुरका कान्छा ज्वाँइ मानबहादुर माखिम उनको घर नजिकै रुखमा झुण्डिएको अवस्थामाशव फेला परेको थिए ।

Related Articles

Back to top button