समाचार

कोरोना भाइरसका कारण पुष्कर को निधन,

Loading...

काठमाडौ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा नि’धन भएको थियो । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि ‘इन्डियन मार्का’ नामक भारतीय रेस्टुरेन्टमा कार्यरत उनको श’व नेपाल फर्काउन समस्या भएको छ।

अस्पतालको प्रारम्भिक प्रतिवेदन अनुसार खड्काको मृ’त्युमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । शनिबार राति मृ’तक खड्का साथीसहित होटेलमा बसेको वुहानमै रहेका बाग्लुङका टोपबहादुर थापाले बताएका हुन्।

खड्का एक दशकदेखि चीनमा ‘सेफ’ सम्बन्धी काम गर्दै आएका थिए। दोलखाको काटाकुटी पुर्ख्यौली घर भएका खड्काकी आमा, श्रीमती र छोरासहितको परिवार हाल भक्तपुरको ठिमीमा बस्दै आइरहेका छन्।

भारतीय कम्पनीले ड्युटी बाहिरको घटना भएकाले क्षतिपूर्ति नबेहोर्ने बताएको छ। मृ’तकको श’व नेपाल लैजान करिब १ लाख चिनियाँ आरएमबी लाग्ने भएकाले खर्च जुटाउनका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको मृतकका आफन्‍त धनबहादुर कार्कीले जानकारी दिएका छन्।

Loading...

Related Articles

Back to top button
Close
Close