समाचार

तत्काल प’क्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग

Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गर्दै तत्काल प’क्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।

काभ्रेका अर्जुन लामा ह त्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मु’द्दा विचाराधीन छ । मु’द्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिर’फ्तार गर्नुपर्ने जिकिर गरिएको छ । सापकोटा सभामुखका एक्ला उमेदवार हुन् ।

फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ । त्यस्तै, अनुसन्धानका लागि प्रस्तुत गर्न, लामो समयसम्म सापकोटालाई गि’रफ्तार नगरेको भन्दै सम्बन्धित प्रहरीहरुलाई अदालतको अवहेलनामा का’रबाही गर्न पनि रिटमा माग गरिएको छ ।

लामा ह त्याको मुद्दा संवेदनशील भन्दै यसको अनुसन्धानका लागि प्रहरीसहितको विशेष टोली गठन गर्न पनि माग गरिएको छ । फौजदारी अभियोग लागेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै मानवअधिकारवादी र नागरिक अगुवाहरुले वि’रोध गर्दै आएका छन् ।

Loading...

Related Articles

Back to top button
Close
Close