भिडियो

सन्तोषलाइ साथ दिन आइन ,कञ्चनपुरकी युवती

Loading...

दुई छोराछोरी छोडेर र आफुले कमाएको सम्पत्ती समेत लिएर श्रीमती हिडेपछि सन्तोष निकै चिन्तामा थिए । आफुले विश्वास गरेकी श्रीमतीले नै धोका दिएर अर्केसंग गएपछि चितवनका सन्तोष मिडिया गुहार्दै श्रीमती खोज्न थाले । हराएको ३५ दिन पछि आफ्नी श्रीमती अर्कैको साथमा भेटिएपछि उनको टेकेको जमिन भासियो । तर पनि जे हुनु त भइसकेको थियो । अहिले सन्तोष आफ्नो जिवनको लय समाउँदै छन् । त्यसरी धोका दिएर गएकी श्रीमती विरुद्ध उजुरी दिएका छन् । छोराछोरीको साथमा अहिले घरमा छन् ।उनले आफ्नो छोराछोरीको भविष्यका लागि विवाह गर्ने बताइरहँदा यता एक युवती सन्तोषको निकै माया लागेको र बच्चाका लागि आफुले सहयोग गर्ने बताएकी छन् । उनी हुन् अनामिका कार्की । उनले सन्तोषको भिडियो हेरेपछि आफुलाई उनी प्रति निकै

माया लागेको बताएकी छन् ।उनी कञ्चनपुरकी युवती हुन् । छोराछोरी र श्रीमतीको भविष्यका लागि सन्तोष विदेश गएका थिए । तर प्रमिलाले धोका दिएका कारण अहिले महिला प्रति नकारात्मक सोच आउन थालेको बताइन् । त्यस्तो हुँदा सन्तोषलाई परेको पीडा आफुले महशुष गरेको उनले बताएकी छन् । त्यसैले बच्चाको भविष्यको लागि आफुले साथ दिने उनको भनाई छ ।पछिल्लो समय चितवनमै यस्तो घटना एक पछि अर्को आइरहेको देखेर उनलाई दिक्क लागेको छ । भन्छिन् यस्तै घटनाले गर्दा महिलालाई हेर्ने दृष्टिकोण नै समाजको नकारात्मक हुन थालेको छ । त्यस्ता महिलालाई श्रीमानको माया, विश्वास र पैसा धेरै भएको उनको तर्क छ ।

Loading...

Related Articles

Back to top button
Close
Close