समाचार

काठमाडौंमा २५ वर्षका युवक को शव भेटियो हत्या कोआशंका

काठमाडौं, १० जेठ । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाइँले शवको पहिचान नखुलेको जानकारी दिएका छन् ।स्थानीयबासीका अनुसार ती पुरुषको शरीरमा चोटपटक देखिन्छ । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ ।डिएसपी प्रसाइँले शव भेटिएको विषयमा अनुसन्धान शुरू गरिएको बताए ।सडक किनारको खोल्सा छेउँमा शव भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।काठमाडौँबाट छुटेको बस ट्रकसँग ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु काठमाडौँ – गएराती सिरहा जिल्लामा भएको एक सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ

हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
साथै सोहि दुर्घटनामा परी २५ जना घाइते समेत भएका छन्। घाइतेमध्ये लगभग १० जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेहरुलाई बाहिरी जिल्लामा अस्पतालहरुमा रिफर गरिएको छ।प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०४:३२काठमाडौं, १० जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।
अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए ।

Related Articles

Back to top button