समाचार

देवरले भाउजुलाई निर्घात कुटपिट गरि ८ महिने शिशुको पेटभित्रै गरे हत्या

देवरले भाउजुलाई निर्घात कुटपिट गरि ८ महिने शिशुको पेटभित्रै गरे हत्या !काठमाडौँ : ललितपुरमा देवरको कुटाइबाट एक महिला घाइते भएकी छिन् ।ललितपुरको लप्सीगौरा निवासी सन्तोष थापामगरको कुटपिटका कारण भाउजू पवित्रा थापामगर घाइते हुनुका साथै आठ महिनाको गर्भ खेर गएको हो ।देवरको कुटपिटबाट पवित्राको टाउको र पेटमा चोट लागेका कारण गर्भ खेर गएको महानगरीय प्रहरी वृत्त ललितपुरका प्रमुख गौतम केसीले जानकरी दिए ।उनका अनुसार सन्तोषले आठ महिनाकी गर्भवती भाउजू पवित्रामाथि हातपात गरेपछि गर्भमै शिशुको मृत्यु भएको थियो । प्रहरीले भाउजूमाथि कुटपिट गर्ने थापामगरलाई बिहीबारनै पक्राउ गरेको प्रहरी प्रमुख केसीले बताए ।पवित्रालाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ  भने पीडितको पक्षबाट जाहेरी आधारमा प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान अगाडी बढाएको छ ।प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०५:४५काठमाडौँ : शुक्रबार बिहान फलफूल बोकेर काठमाडौँतर्फ आउँदै गरेको मिनि ट्रक त्रिशूली नदी खसेको छ।भारतबाट काठमाडौँतर्फ आऊँदै गरेको युपी ३२ एलएन ३८७० नम्बरको ट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदीको किनारमा खस्दा २ जना घाइते भएका हुन्।ट्रक नदीमा खसेर दुर्घटना हुँदा भारत लखनउका ३५ वर्षीय चालक महमद हसन र सहचालक सहिर अली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।उक्त दुर्घटनामा घाइते भएका दुवैको अवस्था सामान्य रहेको र उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।आँप बोकेको उक्त ट्रक सडकबाट करीब ६०

मिटर तल त्रिशूली नदीको किनारमा खसेर दुर्घटना भएको हो।प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०५:१६काठमाडौं, १० जेठ । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाइँले शवको पहिचान नखुलेको जानकारी दिएका छन् ।स्थानीयबासीका अनुसार ती पुरुषको शरीरमा चोटपटक देखिन्छ । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ ।डिएसपी प्रसाइँले शव भेटिएको विषयमा अनुसन्धान शुरू गरिएको बताए ।सडक किनारको खोल्सा छेउँमा शव भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।काठमाडौँबाट छुटेको बस ट्रकसँग ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु काठमाडौँ – गएराती सिरहा जिल्लामा भएको एक सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।साथै सोहि दुर्घटनामा परी २५ जना घाइते समेत भएका छन्। घाइतेमध्ये लगभग १० जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेहरुलाई बाहिरी जिल्लामा अस्पतालहरुमा रिफर गरिएको छ।प्रकाशित : शुक्रबार, जेठ १०, २०७६०४:३२

Related Articles

Back to top button