समाचार

चट्याङ लागेर रुप्सीको मृत्यु, विमला घाइते

जुम्ला । जुम्लाको हिमा गाउँपालिका ७ कुडुमा चट्याङ लागेर मृ एक किशाेरीकाे छ भने एक घाइते भएका छन् । विहिबार साँझ घरभित्र भान्सामा बसिरहेको अवस्थामा चट्याङ पर्दा रुप्सी बुढाको मृत्यु भएको हो ।चट्याङ लागेर विमला कुमारी बुढा घाइते भएकी छन् । घाइते विमलाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको केन्द्रका हिमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक क्षेत्र महतले बताए ।मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग पुग्ने भन्दै विरञ्जमा र्‍यालीभारतमा भर्खरै लोकसभाको निर्वाचान सम्पन्न भइसकेपछि मतपरिणाम आउनेक्रम जारी छ । मतरिणाम हेर्दा नरेन्द्र मोदी भारतमा पुन: दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमा बिहीबार सार्वजनिक परिणाम अनुसार मोदी प्रचण्ड बहुमतका साथ दिल्लीमा फेर्किने निश्चित भएको हो । सन् २०१४ मा तीस वर्षपछि पहिलो पटक बुहमतका साथ सत्तामा पुगेका मोदीले यसपटक त्यो भन्दा पनि ठूलो जनादेश प्राप्त गरेको छ । मोदीका यो जीतका असर पुरै दक्षिण एशियाका राजनीतिमा परिरहेको देखिन्छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरुले माेदीलाइ बधाइ

तथा शुभकामना दिइसकेका छन् । बिहीबार नै नेकपाका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरुले सामाजिक संजाल मार्फत बधाइ दिइसकेका छन् । तर प्रदेश नम्बर दुईको पर्सामा भने प्रधानमन्त्री नरेन्द्र मोदीको जितमा विभिन्न समुहले तामझाका साथ खुसियाली मनाएका छन् । उनीहरुले वीरगन्जमा अलग अलग ठाउँमा मोदीको तस्बिर राखिएको ब्यानर हातहातमा बोकेर बजार परिक्रमा गरेका थिए ।अन्त्यमा सो समुह एक ठाउँमा भेला भएर दीप प्रज्ज्वल गर्दै र मिठाइ पनि बाँडेका छन् । त्यस्तै मोदीको जीतमा विश्व हिन्दू संगठन नामका युवाले पनि मोटरसाईकल र्याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले विरगञ्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका थिए । मोटरसाइकलसहित र्‍यालीमा निस्किएका ती समुहले ‘हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ ‘ जस्ता नारा लगाएका थिए । मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग हुने उनीहरुको ठहर छ । र्‍यालीमा सहभागी एक सदस्यले भने- ‘मोदीको जीत हिन्दु नेपाली हरुको हितको कुरो हो, यसले नेपाललाई हिन्दु राष्ट्र बनाउन मद्धत पुग्नेछ

Related Articles

Back to top button