समाचार

।कतारबाट आएका ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित छजना पक्राउ परेका छन्।विमानस्थलका सुरक्षा प्रमुख सन्दिप भण्डारीका अनुसार साढे तीन करोडभन्दा बढी रकमसहित शुक्रबार दिउँसो छजना पक्राउ परेका हुन्।कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित छजना पक्राउ परेका हुन्पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो।रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ।पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट छन्।अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड 60 लाख रहेको प्रहरीले जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।पक्राउ पर्नेमा अन्सारी पटकपटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आएका व्यक्ति हुन् । तीन पाकिस्तानीले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार उनै अन्सारी विमानस्थल पुगेका थिए। विगत नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी शुक्रबार प्रतिबन्धित भारु दुई हजारका नोट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन्। रकम लिएर आउने पाकिस्तानी नागरिक तीन र रकम लिन विमास्थल पुगेका अनसारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोट र लागुऔषध ओसारपसार गरेको अभियोगपछि चार वर्ष कैद सजाय काटिसकेका अन्सारी पटकपटक पक्राउ पर्दै छुट्दै
आएका छन्। अन्सारी पहिलो पटक २०६५ मा त्रिपुरेश्वरबाट २५ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए । नक्कली नोट कारोबारपछि

जेलपर्दासमेत उनले नक्कली नोट मगाउने गरेको रहस्य खुलेको थियो। उनी कारागारमै हुँदा उनकै सेटिङमा २०६७ मा ४० लाख बढी नक्कली नोटसहित एकजना पक्राउ परेका थिए । अन्सारीमाथि २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो।जुम्ला । जुम्लाको हिमा गाउँपालिका ७ कुडुमा चट्याङ लागेर मृ एक किशाेरीकाे छ भने एक घाइते भएका छन् । विहिबार साँझ घरभित्र भान्सामा बसिरहेको अवस्थामा चट्याङ पर्दा रुप्सी बुढाको मृत्यु भएको हो ।चट्याङ लागेर विमला कुमारी बुढा घाइते भएकी छन् । घाइते विमलाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको केन्द्रका हिमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक क्षेत्र महतले बताए ।मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग पुग्ने भन्दै विरञ्जमा र्‍यालीभारतमा भर्खरै लोकसभाको निर्वाचान सम्पन्न भइसकेपछि मतपरिणाम आउनेक्रम जारी छ । मतरिणाम हेर्दा नरेन्द्र मोदी भारतमा पुन: दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित
भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमा बिहीबार सार्वजनिक परिणाम अनुसार मोदी प्रचण्ड बहुमतका साथ दिल्लीमा फेर्किने निश्चित भएको हो । सन्
२०१४ मा तीस वर्षपछि पहिलो पटक बुहमतका साथ सत्तामा पुगेका मोदीले यसपटक त्यो भन्दा पनि ठूलो जनादेश प्राप्त गरेको छ । मोदीका यो जीतका

असर पुरै दक्षिण एशियाका राजनीतिमा परिरहेको देखिन्छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरुले माेदीलाइ बधाइ तथा शुभकामना दिइसकेका छन् । बिहीबार नै नेकपाका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरुले सामाजिक संजाल मार्फत बधाइ दिइसकेका छन् । तर प्रदेश नम्बर दुईको पर्सामा भने प्रधानमन्त्री नरेन्द्र मोदीको जितमा विभिन्न समुहले तामझाका साथ खुसियाली मनाएका छन् । उनीहरुले वीरगन्जमा अलग अलग ठाउँमा मोदीको तस्बिर राखिएको ब्यानर हातहातमा बोकेर बजार परिक्रमा गरेका थिए ।अन्त्यमा सो समुह एक ठाउँमा भेला भएर दीप प्रज्ज्वल गर्दै र मिठाइ पनि बाँडेका छन् । त्यस्तै मोदीको जीतमा विश्व हिन्दू संगठन नामका युवाले पनि मोटरसाईकल र्याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले विरगञ्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका थिए । मोटरसाइकलसहित र्‍यालीमा निस्किएका ती समुहले ‘हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ ‘ जस्ता नारा लगाएका थिए । मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग हुने उनीहरुको ठहर छ । र्‍यालीमा सहभागी एक सदस्यले भने- ‘मोदीको जीत हिन्दु नेपाली हरुको हितको कुरो हो, यसले नेपाललाई हिन्दु राष्ट्र बनाउन मद्धत पुग्नेछ

Related Articles

Back to top button