समाचार

परिक्षा दिएर घर फर्कने क्रममा बाटोमा करेन्ट लागेर विनिता मृत्यु जुना गम्भीर घाईते

गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ५ छापहिलेमा आज करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छन् । कक्षा ११ को परिक्षा दिएर घर फर्कने क्रममा बाटोमा करेन्ट लागेर एकको मृत्यु भएको हो भने एक जना घाइते भएकी हुन् ।आज भएको घटनामा ज्यान गुमाउनेमा मालिका गाउँपालिका वडा नम्वर १ की १८ वर्षीया विनिता रसाइली रहेको वडा नम्वर ५ का वडा अध्यक्ष श्यामलाल गिरीले जानकारी दिएका छन् । त्यस्तै घाईते हुनेमा वडा नम्वर ६ की १८ वर्षीय जुना विक रहेको वडा अध्यक्ष गिरीले बताएका छन् ।दोषी प्राधिकरण र स्थानिय तगूल्मीका ग्रामिण क्षेत्रमा बिजुली
लथालिङ्ग अवस्था मा रहेको छ भने लोडसेडिङ मुक्त जिल्ला गुल्मीमा पटक पटक गरि दैनिक ५ घण्टा भन्दा बढी बत्ति जाने गर्दछ ।गुल्मीको मालिका

गाँउपालिका आसपासका क्षेत्रका जनताले ५ महिनादेखि तारमा ढुङ्गा बाधेर विद्युत प्रयोग गरिरहेका छन् भने ताराहरु लथालिङ्ग अवस्थामा छन् । सल्लेरी खबरले पटक पटक ध्यानाकर्षण गराउँदा पनि विद्युत प्राधिकरणले कानमा तेल हालेर बस्यो । त्यति मात्र नभइ कार्यलयमै गएर प्राधिकरण प्रमुख नारायण अर्यालले खबर गरेको दुई दिन भित्र एक्शन लिने ओठे प्रतिबद्धता व्यक्त समेत गरे ।त्यस्तै हिजो र अस्ति सल्लेरी खबरले फेरि प्राधिकरणको ध्यानाकर्षण गरायो । विद्युतका हाकिमले समेत हुन्छ म गर्छु पनि भने । तर, अझै गर्न भ्याएका छैनन् । हामीले पटक पटक भन्ने गरेका थियौँ “ठुलो दुर्घटना होला सर ख्याल गर्नु होला ।” नभन्दै आज त्यस्तै भयो ।निरिह स्थानीय तहसल्लेरी खबरले प्राधिकरणलाई मात्र होइन त्यहाँका जनप्रतिनिधिलाई पनि पटक पटक ध्यानाकर्षण गराएको थियो । तर, जनप्रतिनिधिले भने, “ठेकेदारले हामीलाई टेरदैनन् बरु तपाईहरुले नै भन्नुस् न ।”

Related Articles

Back to top button