समाचार

सुर्खेतका लागि उडेका बुद्ध एयर अवतरण गर्न सकेन

काठमाडाैँ, २० बैशाख । नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका दुई उडान अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएका छन् ।भारतमा आएको फानी चक्रावतको असर नेपाली मौसममा देखिएको र तराईका धेरैजसो क्षेत्रमा हावाहुरीसहित वर्षा भएका कारण ती विमअवतरण हुन नसकेपछि काठमाडौँ फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले बताए ।उनले तराईका जिल्ला जाने आन्तरिक उडानमा हावाहुरीले समस्या उत्पन्न गराएको बताउँदै अन्तर्राष्ट्रिय उडान डाइभर्ट गर्नुपर्ने स्थिति नभएको स्पष्ट पारेका छन्।त्यस्तै, भैरहवा उडान भरेको सौर्य एयरको उडान पनि काठमाडौं नै फर्किएको छ। यात्रुलाई विमानमा राखेर नेपालगञ्जका लागि उड्नै लागेको यति एयरको उडान भने रद्द भएको छआन्तरिक उडानमा पोखराको उडान मात्र सफल भएको प्रवक्ता तिवारीले जानकारी दिए।काठमाडौं, २० वैशाख । काठमाडौंसहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

शुक्रबार बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविदहरूले जनाएका छन ।भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको छ । यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना छ ।बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।चक्रवात नेपालमा नआउने भएपनि यसको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविदले सुझाव दिएका छन् ।

Related Articles

Back to top button