अन्तर्राष्ट्रिय

ट्युसन सेन्टरमा भिषण आगलागी २० विद्यार्थीको मृत्यु

भारतको एक भवनमा आगलागी हुँदा २० जना विद्यार्थीको मृत्यु भएको छ।देशको पश्चिमी भेग सुरतको तक्षशीला भवनको तेस्रो र चौथो तलामा रहेको ट्युसन सेन्टरमा आगलागी हुँदा कक्षाकोठामा पढिरहेका कम्तिमा २० जना विद्यार्थीहरुको मृत्यु भएको हो। घटनामा परी २० जनाभन्दा बढी विद्यार्थी घाइते छन्।शुक्रबार भएको आगलागीमा घाइते विद्यार्थीको गुजरातका अस्पतालमा उपचार भइरहेको समाचार संस्था रोएटर्सले उल्लेख गरेको छ। आगलागीमा परेर २० वर्षभन्दा मुनिका विद्यार्थीहरु धेरै मरेका छन्।विद्यालय भवनमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन। तर आगो भर्‍याङमा पनि सल्केकोले विद्यार्थीहरु भवनबाट बाहिर निस्कन सकेका थिएनन्।विद्यालय भवनको छाना ज्वलनशील बस्तु भएकोले आगो छिटो फैलिँदा धेरै जनधनको क्षति भएको अनुमान गरिएको छ। गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घाइतेको उपचार गर्न र विद्यालयमा आगो लाग्नुको कारण खोजी गर्न निर्देशन दिएका छन्। साथै मृतक विद्यार्थीका परिवारलाई चार लाख राहत दिने घोषणा गरिसकेका छन्।प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाका प्रभावितलाई सक्दो सहयोग गर्न गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६, ११:०८:००नेपाल कै खतरनाक सामुहिक पाँचथर हत्याकाण्ड : प्रहरीले फेला पार्यो यस्तो सुराख, सामुहिक हत्या अघि यस्तो भएको थियोकाठमाडौं । केही दिन पहिले भएको २ परिवारको सामुहिक हत्यापछि समाज कता जाँदैछ भन्ने प्रश्न उठेको छ ।
पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु ’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।‘घटनाको एक महिनाअघि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ ।’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको पारिवारीक श्रोतले जानकारी दिएको छ । यो पनि पढ्नुहोस्,बालुवाटारस्थित ललिता निवास र त्यसले चर्केको जग्गासम्बन्धी विवाद उच्च विन्दुमा पुगेको छ । काठमाडौँ जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने खत्तरा देखिएको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ गते गरेको फैसला नसच्चिए २०२१ सालमा अधिग्रहण गरिएका ललितानिवास (बालुवाटार) सहित लक्ष्मीनिवास (महाराजगञ्ज) , महावीर भवन (नक्साल) , सीता भवन (बालमन्दिर), कुरियागाउँ (बबरमहल) र हरिहरभवन (पुल्चोक) को करिब १२ सय ९८ रोपनी सरकारी जग्गा गुम्न सक्ने खत्तरा बढ्दै गएको हो ।

Related Articles

Back to top button