समाचार

सरस्वती को हत्या ३ जना माथि खुकुरी प्रहार

खोटाङ / खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन् । जन्तेढुंगा गाउँपालिका–२ बोपुङ माईती घर भएकी राई बुधबार निभारोकोरुखमा झुण्डिएको अवस्थामा फेला परेको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए मृतकको शरीमा निलडाम देखिएकाले राईको कुटपिटपछि हत्या गरिएको वा यातनाका कारण आत्महत्या गरेको आफन्तले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ल्याइएको छ । शुक्रबार पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा दिने तयारी गरिएको वडाध्यक्ष राईले बताए । राईको मृत्युलाई आफन्तले शंकास्पद मानेका छन् भोजपुर / भोजपुरको पौवादुम्मा गाँउपालिका ३ च्याङ्ग्रेमा धारीलो हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा सोहि स्थान बस्ने वर्ष ४२ को कुमार श्रेष्‍ठले आफ्‍नै भान्जी बुहारी पर्ने वर्ष २८ कि मनिकला शाक्य र बर्ष १७ कि भद्रिका राईलाई घरमा आई धारिलो हतियार ( खुकुरी) ले प्रहार गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी च्याङ्ग्रेबाट प्रहरीको टोली खटिनुकासाथै ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले कुमार श्रेष्‍ठलाई उक्त धारिलो हतियार सहित पक्राउ गरको थियो धारीलो हतियार प्रहारबाट भद्रिका राईको गाला र हातको औलामा चोट लागि स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने मनिकला शाक्यको टाउको, हातको औलामा चोट लागेकोले स्थानिय मेडिकलमा सामान्य उपचार पश्‍चात साझँ साढे ५ बजेको समयमा थप उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।रामेछाप – रामेछापको

गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । बैतडी, ११ जेठ । विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएकबैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो ।यस्तै तीन जनाको आगोमा जलेर मृत्यु भएको छ भने दुई जनाले आत्महत्या गरेका छन् । जेठ ४ गते शनिबारदेखि जेठ ९ गते बिहीबारसम्मको प्रहरी तथ्याङ्कले उक्त सङ्ख्यामा मृत्यु भएको देखिएको हो ।बिहीबार गुडिरहेको जीपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीको मृत्यु हो । गिरेगडाबाट देहीमाण्डौँतर्फ आइरहेको म १ ज ११९ नम्बर जीपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइड दिन जीप ब्याक गर्दा हाम फालेको बताइएको छ ।जेठ ८ गते राति आगोमा जलेर पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती बिन्दा र आठ वर्षीय छोरा मनोजको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाई बस्दै आएका र राति टहरोमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । जेठ ६ गते रुखमा झुण्डिएर दशरथचन्द नगरपालिका–१ गुरुखोलाकी २२ वर्षीया रञ्जु भट्टले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।जेठ ५ गते दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा जीप दुर्घटनामा दशरथचन्द नगरपालिकाका ६० वर्षीय हीराबल्ल भट्ट, ५३ वर्षीय लालमणि, ५० वर्षीय नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते ४५ वर्षीय प्रकाश भट्टको उपचारको क्रममा मृत्यु भएको थियो ।जेठ ४ गते पाटन नगरपालिका–१० हतासका ७५ वर्षीय प्रमानन्द भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसैबीच जेठ १ गतेदेखिको तथ्याङ्क हेर्ने हो

भने बैतडीमा ११ जनाको ज्यान गएको छ । जेठ १ गते मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्द पनि झुण्डिएकी अवस्थामा फेला परेकी थिइन् ।बैतडीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ । सवारी दुर्घटना बढीजसो चालककै लापर्वाहीले हुने गरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियममा कडाइ तथा प्रहरीले चालकलाई सचेतना कक्षा दिँदै आएको भए पनि सवारी दुर्घटनामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलको भनाइ रहेको छ ।यसका साथै आत्महत्याका घटना पनि बढी देखिएका छन् । व्यक्तिगत कारण, मानसिक समस्या, सञ्चार प्रविधिको दुरुपयोगलगायतका कारणले आत्महत्याका घटना बढ्दै गएका प्रहरीले जनाएको छ ।आत्महत्याको घटना वृद्धि भएकाले प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रहरी एकाइबाट काम भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ थियो ।–राससभारतको एक भवनमा आगलागी हुँदा २० जना विद्यार्थीको मृत्यु भएको छ।देशको पश्चिमी भेग सुरतको तक्षशीला भवनको तेस्रो र चौथो तलामा रहेको ट्युसन सेन्टरमा आगलागी हुँदा कक्षाकोठामा पढिरहेका कम्तिमा २० जना विद्यार्थीहरुको मृत्यु भएको हो। घटनामा परी २० जनाभन्दा बढी विद्यार्थी घाइते छन्।शुक्रबार भएको आगलागीमा घाइते विद्यार्थीको गुजरातका अस्पतालमा उपचार भइरहेको समाचार संस्था रोएटर्सले उल्लेख गरेको छ। आगलागीमा परेर २० वर्षभन्दा मुनिका विद्यार्थीहरु धेरै मरेका छन्।विद्यालय भवनमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन। तर आगो भर्‍याङमा पनि सल्केकोले विद्यार्थीहरु भवनबाट बाहिर निस्कन सकेका थिएनन्।विद्यालय भवनको छाना ज्वलनशील बस्तु भएकोले आगो छिटो फैलिँदा धेरै जनधनको क्षति

भएको अनुमान गरिएको छ। गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घाइतेको उपचार गर्न र विद्यालयमा आगो लाग्नुको कारण खोजी गर्न निर्देशन दिएका छन्। साथै मृतक विद्यार्थीका परिवारलाई चार लाख राहत दिने घोषणा गरिसकेका छन्।प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाका प्रभावितलाई सक्दो सहयोग गर्न
गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६, ११:०८:००नेपाल कै खतरनाक सामुहिक पाँचथर हत्याकाण्ड : प्रहरीले फेला पार्यो यस्तो सुराख, सामुहिक हत्या अघि यस्तो भएको थियोकाठमाडौं । केही दिन पहिले भएको २ परिवारको सामुहिक हत्यापछि समाज कता जाँदैछ भन्ने प्रश्न उठेको छ । पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु ’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।‘घटनाको एक महिनाअघि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ ।’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको पारिवारीक श्रोतले जानकारी दिएको छ । यो पनि पढ्नुहोस्,बालुवाटारस्थित ललिता निवास र त्यसले चर्केको जग्गासम्बन्धी विवाद उच्च विन्दुमा पुगेको छ । काठमाडौँ जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने खत्तरा देखिएको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ गते गरेको फैसला नसच्चिए २०२१ सालमा अधिग्रहण गरिएका ललितानिवास (बालुवाटार) सहित लक्ष्मीनिवास (महाराजगञ्ज) , महावीर भवन (नक्साल) , सीता भवन (बालमन्दिर), कुरियागाउँ (बबरमहल) र हरिहरभवन (पुल्चोक) को करिब १२ सय ९८ रोपनी सरकारी जग्गा गुम्न सक्ने खत्तरा बढ्दै गएको हो ।

Related Articles

Back to top button