समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि भ्रष्टाचार गर्ने सेनाका कर्नेल जेल चलान

नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ । राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको नेपाली सेनाको मुख्यलय जंगी अड्डा स्रोतले जनाएको छ । उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्नेल) कार्कीविरुद्व राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख २ गते उजुरी परेको थियो । अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि कार्कीलाई सेवाबाट बर्खास्त गरेर तीन महिना कैद सजाय सुनाइएको हो ।चुरे संरक्षणअन्तर्गत ताल संरक्षणका लागि प्राप्त बजेटमा घोटला भएको उजुरी प्राप्त भएपछि त्यसबारेमा वैशाख ५ गतेदेखि कोर्ट अफ इन्क्वारी बोर्डले छानबिन गरेको थियो । छानबिनबाट कार्कीले भ्रष्टाचार गरेको देखिएपछि गत वैशाख २३ गते सैनिक समरी जनलर अदालत गठन भएको थियो । जेठ ३ गते सुनुवाई सकिएपछि शुक्रबार फैसला सुनाइएको हो ।उनले हिनामिना गरेको ४९ लाख कार्कीबाट असुलउपर गर्ने गरी फैसला भएको छ ।खोटाङ / खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन् । जन्तेढुंगा गाउँपालिका–२

बोपुङ माईती घर भएकी राई बुधबार निभारोकोरुखमा झुण्डिएको अवस्थामा फेला परेको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए मृतकको शरीमा निलडाम देखिएकाले राईको कुटपिटपछि हत्या गरिएको वा यातनाका कारण आत्महत्या गरेको आफन्तले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ल्याइएको छ । शुक्रबार पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा दिने तयारी गरिएको वडाध्यक्ष राईले बताए । राईको मृत्युलाई आफन्तले शंकास्पद मानेका छन् भोजपुर / भोजपुरको पौवादुम्मा गाँउपालिका ३ च्याङ्ग्रेमा धारीलो हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा सोहि स्थान बस्ने वर्ष ४२ को कुमार श्रेष्‍ठले आफ्‍नै भान्जी बुहारी पर्ने वर्ष २८ कि मनिकला शाक्य र बर्ष १७ कि भद्रिका राईलाई घरमा आई धारिलो हतियार (बाम्फोक) ले प्रहार गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी च्याङ्ग्रेबाट प्रहरीको टोली खटिनुकासाथै ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले कुमार श्रेष्‍ठलाई उक्त धारिलो हतियार सहित पक्राउ गरको थियो धारीलो हतियार प्रहारबाट भद्रिका राईको गाला र हातको औलामा चोट लागि स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने मनिकला शाक्यको टाउको, हातको औलामा चोट लागेकोले स्थानिय मेडिकलमा सामान्य उपचार पश्‍चात साझँ साढे ५ बजेको समयमा थप उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ

Related Articles

Back to top button