समाचार

मुक्तिनाथ बाट फर्कदै गरेको तीर्थयात्रु सवार बस

मुस्ताङ । मसक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको हो ।कागबेनीका स्थानीय युवा अगुवा कर्म घ्याचो गुरुङका अनुसार दुर्घटना भएको बसमा २ जना सवार थिए । चालक र सहचालक सवार उक्त बस ग्दी यातायातको भएको बताइएको छ । गुरुङका अनुसार बसमा अन्य यात्रुहरू नभएकोले कुनै त्यस्तो ठुलो मानवीय क्षती भने भएको छैन, उनले भने- दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचाकलक दुबैजनालाइ जिल्ला अस्पताल, जोमसोममा लगिएको छ । बस सडकदेखी करिब ४० मिटर तल खसेको थियो ।पर्वत । असिना पानीले पर्बतको कुश्मा नगरपालिका ११ पकुबा, १४ आर्थर र मोदी गाउँपालिका ७ राम्जाका किसानहरुले लगाएको नगदेबाली तथा मौषम अनुसारको तरकारी खेती नष्ट भएको छ । बिहीबार साझ परेको ७५ बर्ष पछिको ठुलो असिना पानीले कृषकहरुले लगाएको बालीनालीलाई सखाप पारेको हो ।कृषकहरुले असिना पानी पछि खेतीबाली नष्ट गरेको

जानकारी गराएसंगै जिल्ला ज्ञान केन्द्रका प्रमुख बासुुदेब रेग्मी, प्राबिधिक तथा पत्रकार संगै अनुगमनमा पुगेको थियो भने टोलीलाई कृषकहरुले राहत दिनका लागि आग्रह गरेका छन् । कृषकहरुले लगाएको टोमाटरका टनेल, तरकारीहरु तथा नगदेबाली सबै कामै नलाग्ने गरी असिनाले नष्ट गरेपछि किसानहरुले राहात दिलाईदिन आग्रह गरेका हुन् । अनुगमन स्थलमा पुगेका रेग्मीसंग टोमटर कृषकहरुले पोलिथिनका टनेलनै असिनाले छियाछिया बनाईदिएपछि अहिले सम्मको लगानी सबै खेर गएको र राहात उपलब्ध गराईदिन आग्रह गरेका थिए जिल्ला ज्ञान केन्द्रबाट अनुदान स्बरुप सञ्चालित ठुला टोमटर टनेल कृषकहरुले लगाएको सबै टनेल तथा टोमटर असिनाले नष्ट गरिदिएको छ भने सबै कृषकहरुले लगाएको नगदेबालीको अबस्था समेत एउटै रहेको छ । पकुबा पञ्चासे साझेदारी फर्मका सञ्चालकहरुले २० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाएको आलु खेती असिनाले ध्वस्त बनाएको छ । करिब ५ लाख भन्दा बढी लगानीमा लगाएको आलु असिनाले नष्ट गरेसंगै किसानहरुको कृषि कर्म देखी मने मरेको कृषकहरु बताउँछन् ।असिनापानिले सबै भन्दा बढी क्षती मोदी गाउँपालिका राम्जामा पु¥याएको छ । राम्जाका कृषकहरुले लगाएको नगदेबाली तथा अन्य तरकारी खेती सबै सखापनै पारेको छ भने अधिकांश मानिसहरुको टिनको छानामा समेत प्वाल पारेको छ ।

Related Articles

Back to top button