समाचार

रिना मृत्यु प्रकरण : प्रेमी कमलसहित तीनजनाको पालिग्राफ जाँच

विराटनगर,पथरी शनिश्चरे नगरपालिका–१ की रिना बस्नेतको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तीन जनाको पालिग्राफ जाँच गरेको छ । वैशाख ७ गते शनिवार डेराअगाडि मृत अवस्थामा फेला परेकी रिनाको हत्या भएको आशंकामा प्रहरीले रिनाका प्रेमी कमल, कमलकी श्रीमती र छिमेकी गरी तीन जनाको पोलिग्राफ जाँच गरेको हो जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार प्रेमि भनिएका कमल नेपाल, कमलकी श्रीमती मनिता नेपाल र रिना बस्ने फ्लाटमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गरिएको हो ।
प्रहरीले एकसाता अघि रिनाका प्रेमि भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएको थियो । रिनासँगको सम्बन्धका बारेमा जानकारी पाएपछि गत वैशाख ४ गते श्रीमानलाई जुत्ताको माला र कालो मसो दलेर घुमाउने बताएकी मनिताको पनि पोलिग्राफ जाँच गरेको हो ।मदन भने रिना बस्दै

आएको वीरबहादुर बस्नेतको घरेको तेस्रो तल्लामा बस्ने व्यक्ति हुन् । ३ जनाको पोलिग्राफ जाँच, ३६ जनाको लिखित बयान र ५० जना भन्दाबढीसँग सोधपुछ गरेको प्रहरीले हत्या दुर्घटनाका कारण मृत्यु भएको बताएको छ ।पोष्टमार्टम रिपोर्टले पनि माथिबाट झर्दा लागेको चोटका कारण मृत्यु भएको बताएपछि प्रहरीले तेस्रो तलाको रेलिङबाट कसैले ठेलिदिएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको थियो । तर, घटना भएको रात घरमा कोही पुगेको नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।युटुबर निगरानीमा रिना शंकास्पद मृत्यु प्रकरणलाई तोडमोड गरी भिडियो र समाचार बनाएर प्रस्तुत गर्ने अनलाइन र युटुब च्यानल अनुसन्धानका लागि निरगानीमा राखेको डिएसपी श्रेष्ठले बताए । प्रहरी अनुसन्धानका क्रममा घटना भएको दिन र अघिल्लो दिनको सिसी टिभी फुटेजलाई जोडेर भ्रम सृजना गर्ने अनलाइन र युटुब च्यानलको अनुसन्धानका लागि दर्ता भए–नभएको विषयमा बुझ्न प्रेस काउन्सिल र सूचना विभागमा पत्र लेखिएको श्रेष्ठले बताए

Related Articles

Back to top button