समाचार

आफ्नै बावुको गाडीले छोरीलाई किच्यो छोरीको घटनास्थलमै मृत्यु

।काठमाडौँ : शनिबार दिउँसो ललितपुरमा सवारी दुर्घटनामा परि बालिकाको मृत्यु भएको छ ।ललितपुर महानगरपालिका- २८ हरिसिद्धी पेट्रेलपम्प नजिकै बाबुले चलाएको ना १ क ८३२५ नम्बरको पानी ट्यांकरबाट खसेकी बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।सिन्धुपाल्चोक घर भइ हाल ललितपुर मंगलबजार बस्दै आएका दावा छिरिङ लामाले चलाएको सो ट्यांकरबाट खसेकी आफ्नै छोरिलाई किचेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक बालिकाको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको र बालिकालाई ठक्कर दिने ट्यांकरसहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।प्रकाशित : शनिबार, जेठ ११, २०७६१३:२३हुम्ला– कामको खोजीमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपाली हत्या अभियोगमा पक्राउ परेका छन्।काम गरेर पैसा कमाउने भनेर गएका सर्केगाड २ उनापानी गाउँका पेज फडेरासहित चार जनालाई चिनिया प्रहरीले १ हप्ता अगाडि

ताक्लाकोटमा चिनिया महिलाको हत्या गरेको आरोपमा पक्राउ गरेको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका सिमकोट १ दोजामका ईन्द्र लामाले बताए। पेज फडेरा बाहेक अन्य ३ जनाको नाम नखुलेको उनले बताए।चिनिया प्रहरीले चिनिया महिलासँग भएको पैसा लुटेर हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउमा परेका चारै जनालाई थप अनुसन्धानका लागि पुराङ काउण्टीको सदरमुकाम टिन्चु लगिसकेको ताक्लाकोट पुगेका बिगत लामाे समयदेखि ताक्लाकोटमा ब्यापार व्यवसाय गर्दै आएका नाम्खा १ गाडपारीका उर्गेन लामाले बताए। हत्या अभियोगमा ४ जना समातिए पनि बास्तबिक हत्यारा पत्ता लगाइ अनुसन्धान पछि निर्दोष भए छोड्ने चिनिया प्रहरीले बताएको उनले जानकारी गराए।४ जना पक्राउ परेपछि ताक्लाकोटमा नेपाली कामदारलाई कडाई गरिएको छ। चिनिया सरकारको नियम कानुनको परिधि भित्र रहेर काम गर्नु पर्ने र उसको नीति नियम अनुसार चल्नु पर्ने हुँदाहुदै पनि केही व्यक्तिको गलत क्रियाकलाप गरेकाले सबै नेपालीलाई दुःख दिने गरेको लामाको भनाई छ।यस बिषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरलाई सोध्दा आफूलाई जानकारी नभएको बताए।

Related Articles

Back to top button