समाचार

भारतले नेपाललाई थाहै नदिई कोशीमा पानी फर्काउँदा ३ सय नेपाली सम्पर्कविहीन

काठमाडौं । भारतले कोसी बाँध खोल्दा नेपाल तर्फका ३ सय सर्वसाधारण वेपत्ता भएका छन् । कोसी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि वेपत्ता भएका हुन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिनुभयो ।साहले भन्नुभयो, ‘वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्ने हो तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको छ । स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ ।यद्यपि यसवारे आधिकारीक तथ्यांक भने नआइसकेको मेयर साहले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सम्पर्कको प्रयासमा

छौ, केही स्थानीयहरुसँग फोनमा कुराकानी भए पनि एक्कासी नदीको वहावले सिंगो वस्तीनै घेरीए पछि त्यहाँ सम्म पुग्न वा त्यहाँ फसेकाहरुलाई निकाल्न
सक्ने काम गाह्रो नै छ ।’उहाँले अगाडी थप्दै भन्नुभयो, ‘मानवीय रुपमा हताहातको सम्भावना अहिले सम्म देखिएको छैन, तर अवस्था यस्तै रहियो भने झन् विकराल स्थिती सृजना हुन सक्छ ।’ कोसी नदीमा भारतीयहरुको मनपरी पराकाष्ठा नाघेको मेयर साहको प्रतिक्रिया छ । कोसी सम्झौता अनुसार कोसीमा भारतीयहरुलाई आफु अनुकुल काम गर्ने अधिकार छ ।काठमान्डौ , राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधिन मोटरेबल पुल शनिबार दिउँसो बाढीले बगाएको छ ।निर्माणको अन्तिम चरण मा पुगेको पुल बाढीले बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करिब एक घण्टा लगातार परेको बर्षापछि आएको बाढीले निर्माणाधिन पुल बगाएको प्रत्यक्षदर्शी गंगा पुनले जानकारी दिईन ।बाढीका कारण वरपरका बस्तीहरु कटानको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।घराप र गाडपारको सिमानामा पहिरोले विद्युतको पोल ढलाएको छ । दाना र मुस्ताङ तर्फ केन्द्रीय

प्रशारण लाइनको विद्युत अवरुद्ध बनेको छ ।४० मिटर लामो पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चर बिच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँमा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो ।११ मिटर फाराकिलो पुलको गाडी हिड्ने भाग सटीङ गरेर ढलानको तयारी गरिएको थियो थियो । दुई तर्फ मानिस भाग ढलानका लागी सटिङ गर्न बाँकी भएको अवस्थामा बाढीले बगाएको निर्माण कम्पनीका प्रतिनिधि रविन्द्र कार्कीले बताए ।डाइभर्सन भत्काएर ढालन अडाउन ठडाइएको सटिङ बगाएको थियो।पुल बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको कार्कीको भनाई छ।पुलको पिल्लर मात्र बाँकी रहेको घटनास्थलको निरिक्षणमा पुग्नुभएका जिसस सदस्य मेखबहादुर गर्बुजाले बताए।आयोजना का अनुसार यो पुल प्रिस्टीड प्रबिधिको हो । हाल घट्टे खोलाबाटै सवारी साधन आवत जावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिङ शेरचनका अनुसार बाढी आउँदा र बर्खाको समयमा सवारी आवत जावत बन्द हुने गरेका छन् ।

Related Articles

Back to top button