समाचार

परिवार सिध्याउन राति आक्रमण : द्रोपतीको घटनास्थलमै मृत्यु, श्रीमान् र नाति गम्भीर घाइते

महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो ।उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् । सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिनुभयो ।खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको

घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ । घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।प्रकाशित : आइतबार, जेठ १२, २०७६०४:४६हत्या गरी शव फालिएको अवस्थामा एक महिनाको शव फेला सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ ।धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान खुलेको छैन । शव अहिले सर्लाही अस्पताल मलङ्गवाको शवगृहमा राखिएको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रदीपसिंह राठोरले जानकारी दिनुभयो ।प्रकाशित : आइतबार, जेठ १२, २०७६०४:४१

Related Articles

Back to top button