समाचार

ट्रिपर दुर्घटनामा चालकको मृत्यु, सहचालक बेपत्ता

गोरखा : गोरखाको सिरानचोक गाउँपालिका -७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको ट्रिपर गोरखा–वारपाक सडकबाट करिब ४ सय मिटर तल दरौंदी नदीमा खसेको थियो ।दुर्घटनामा ट्रिपर चालक सिरानचोक गाउँपालिका ७ भालुस्वाँराका २० वर्षीय सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपरका सहचालक बेपत्ता भएका छन् । उनको नाम ठेगाना खुलेको छैन । ट्रिपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए स्तरोन्नतिका क्रममा रहेको सो सडकको भित्तातिर अव्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय प्रताप ढकालले बताए । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो ।उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् । सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने

उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिनुभयो ।खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ । घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।प्रकाशित : आइतबार, जेठ १२, २०७६०४:४६हत्या गरी शव फालिएको अवस्थामा एक महिनाको शव फेला सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ ।धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान खुलेको छैन । शव अहिले सर्लाही अस्पताल मलङ्गवाको शवगृहमा राखिएको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रदीपसिंह राठोरले जानकारी दिनुभयो ।प्रकाशित : आइतबार, जेठ १२, २०७६०४:४१

Related Articles

Back to top button