समाचार

आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना ६ जनाको मृत्यु !

मेक्सिको सिटी, मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिएका छन् ।एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो । आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर (६६० ग्यालेन) पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन् । अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको जनाइएको छ ।“दुर्घटनाको खबरले हामीलाई स्तब्ध बनाएको छ, घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जलि र आफन्तप्रति सहानुभूति व्यक्त गर्दछौँ,” एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भनेवर्षा नभएकाले अत्यधिक गर्मी भई पछिल्लो समयमा मध्य मेक्सिकोमा जङ्गली जनावरहरुलाई गाह्रो भएको र आगलागीका घटनाहरु पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । ।प्रकाशित : आइतबार, जेठ १२, २०७६०७:४२काठमाडौँ – सोझा सादा (अशिक्षित) महिला तथा पुरुषहरुलाई ठगी गर्दै दुख दिने एक महिलालाई प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाङग्रेटार घर भई हाल काठमाडौँ महानगरपालिका स्थिति किमडोल स्वयम्भुमा

स्थित फेन्सी पसल संचालन गरी बस्ने ३६ वर्षीय अप्‍सरा श्रेष्ठ (कार्की) रहेकी छन्।घर व्यवहार चलाउन भन्दै सोझा सादा (अशिक्षित) महिला तथा पुरुषहरुलाई ऋण दिने र सावाँ रकम असुली गर्नु अगावै विश्वास दिलाई Blank Cheque लिने र आफुखुशी रकम लेखी चेक बाउन्स समेत गराई दुख दिने गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।उनले सावाँ, व्याज अशुल गरे पनि चेक फिर्ता नगरी आफुखुशी रकम थप गरेको भन्दै महाशाखामा उजुरी परेको थियो। सोहि उजुरीको आधारमा प्रहरीले निजको पसल खानतलासी गरेको थियो।त्यसक्रममा भेटिएका बिभिन्न बैकका खाली चेक रजिष्टर, डायरी, हिसावकिताव गरेका कपी सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। निजले धेरै मानिसहरु समेतलाई ठगी गरेको हुन सक्ने प्रहरी अनुमान छ।उनको पसलबाट प्रहरीले बरामद गरेको सामानहरु :१.बिभिन्न बैकका Blank Cheque थान-३२२.Blank Cheque लिई आफुखुशी रकम उल्लेख गरेका Cheque थान-३५१,३४,६२,०००।- (अक्षरुपी एक करोड चौतिस लाख बासठ्ठी हजार)३.Cheque Bounce गरी सकेका Cheque थान- ७ (५६,००,०००।–(अक्षरुपी रु.छपन्न लाख)४.रजिष्टर थान-१५.डायरी थान-१६.हिसावकिताव गरेका कपी थान- ३४
प्रकाशित : आइतबार, जेठ १२, २०७६०६:०७

Related Articles

Back to top button