अन्तर्राष्ट्रिय

सेना को हेलिकोप्टर दुर्घटना पाँच सैनिक सहित छ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ ।जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिए ।एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो । आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर (६६० ग्यालेन) पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन् ।अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको जनाइएको छ । “दुर्घटनाको खबरले हामीलाई स्तब्ध बनाएको छ, घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जलि र आफन्तप्रति सहानुभूति व्यक्त गर्दछौँ,” एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भने ।वर्षा

नभएकाले अत्यधिक गर्मी भई पछिल्लो समयमा मध्य मेक्सिकोमा जङ्गली जनावरहरुलाई गाह्रो भएको र आगलागीका घटनाहरु पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । राससपाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ । लोकसभा निर्वाचनमा उहाँको पार्टीले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिदै खानले दक्षिण एसियाको शान्ति, संबृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले बिहीबार नै आफ्नो पार्टी विजयी भएको दावी गरिसक्नु भएको छ भने विपक्षी पार्टी काँग्रेसका अध्यक्ष राहुल गान्धीले पनि आफ्नो पार्टी पराजित भएको स्वीकार गर्दै मोदीलाई बधाई दिनु भएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेख्नु भएको छ, “भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, संमृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ ।”
प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उहाँसँग मिलेर आफुले काश्मिर समस्या समाधान गर्न सक्ने बताउनु भएको थियो ।

Related Articles

Back to top button