समाचार

काठमाडौँमा सिलिन्डर विस्फोट ,एकजनाको मृत्यु ६ जना घाइते , २ गम्भीर

काठमाडौं : राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुधेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो। अन्य पाँचजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए।
प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रसाईंका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण केही बेरमा काठमाडाैँ, १२ जेठ । काठमाडौँको बसुन्धरास्थित होटल व्यवसायी सुमित मैनालीको घरमा कामदारको ‘शंकास्पद’ मृत्यु भएको छ ।करिब चार वर्षदेखि मैनालीको घरमा घरेलु कामदारको रुपमा रहेको दोलखा भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीकी २० वर्षीया सुनिता थामीको घरको ट्यांकीमुनि झुण्डिएको अवस्थामा शव फेला परेको हो । मृतक सुनिताको परिवारले भने हत्या गरी झुण्याइएको आरोप लगाएका छन् ।होटल व्यवशायी मैनालीले चार

वर्षसम्म न्यून पारिश्रमिकमा काम लगाउँदै आएको भन्दै परिवारलाई समेत भेट्न नदिई बन्धक बनाएको आरोप समेत लगाएका छन् । उनका आफन्त विकेस थामीले फेसबुक स्टाटसमै लेखेका छन्– त्यहाँ हामी पुग्यौं । प्रहरीले मुचुल्का तयार गरिसकेको थियो भने मृत लास पनि २–४ मिटर पर सारिएको थियो, झुण्डिएको ट्यांकी भनिएको ठाउँ रगताम्य थिए कुनै पनि मिडियालाई प्रवेश दिएको थिएन ।काठमाडौँ : आईतबार दिउँसो काठमाडौँको सुकेधारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा ग्याँस सिलिन्डर विस्फोट हुँदा २ जना गम्भीर घाइते भएका हुन् ।ग्याँस सिलिन्डर विस्फोटमा परि घाइते भएका मध्ये ५ जनाको ओम अस्पतालमा र एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जनाकारी दिए ।यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

Related Articles

Back to top button