समाचार

।काठमाडौँमा विस्पोट : मृतक २ जनाको सनाखत , घटनास्थलमा विप्लवको पर्चा !

काठमाडौँ : काठमाडौँको अनामनगरमा भएको ग्याँस सिलिन्डर विस्पोटमा नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीको संलग्नता रहेको प्रहरीले दावी गरेको छ ।आईतबार दिउँसो राजधानीको दुई स्थानमा एकसाथ भएको विस्पोट मध्ये अनामनगरको घट्टेकुलोमा भएको विस्पोटको घटनास्थलमा नेकपाको पर्चा भेटिएको प्रहरीले बताएको हो ।नेकपाले भोलि आव्हान गरेको “नेपाल बन्द सफल पारौं” लेखिएको पर्चा घटनास्थलमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकरी दिए ।उनका अनुसार यस घटनाको सम्बन्धमा अधिकारिक धारणा सार्वजनिक गर्न थप अनुसन्धान भइरहेको छ ।सुकेधारा र घट्टेकुलोमा भएको विस्पोटमा ३ जनाको मृत्यु भइसकेको छ भने आधा दर्जन व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रे घर भइ हाल कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन रहेका छन् ।अनामनगर विस्पोटमा ज्यान गुमाएका एकजनाको सनाखत हुन बाँकि छ ।प्रकाशित : आइतबार, जेठ १२, २०७६१२:२आफ्नो मत ब्यक्त गर्नुहोस् :काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् ।आफ्ना नेता तथा कार्यकर्ताको हत्या र दमनको अभियान चलाएको आरोप लगाउदै सामान्य कार्यक्रममा हिडिरहेका युवा संगठनका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको झुटो नाटक रची निर्ममतापुर्वक हत्या गरेको भन्दै बिज्ञप्ति मार्फत कडा आक्रोस पोखेका

छन् ।बुधबार एक विज्ञप्ति जारिगरि जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । विप्लब नेकपाले सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टचारी सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।आफ्ना नेता९कार्यकर्ता माथिको दमन, हत्या बिरुद्द नेकपाले देशब्यापी संघर्षका कार्यक्रमहरु पनि सार्बजनिक गरेको छ । नेकपाले यहि जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।काठमाडौं – काठमाडौंको सुकेधारा र अनामनगरमा आइतवार अपराह्न ग्यास सिलिण्डर विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।सुकेधारा विस्फोटमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।सुकेधारा विस्फोटमा परेका मध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार विस्फोटमा ४ जना घाइते भएका छन् ।

Related Articles

Back to top button